देउवालाई देखाउँदै ओलीले भनेः म तपाईले बोलेको चाइनिज भाषा बुझ्दिन

काठमाण्डु, ५ साउन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई विकासको बारेमा केही पनि थाहा नपाएको बताएका छन् ।

बिहीबार राजधानीमा जिफण्डले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले अहिलेको सरकारले विकासका कुरै नबुझ्ने बताएका छन् ।
‘यो सरकारलाई विकास भन्ने कुरा केहि थाहा छैन’, उनले भने ‘मेरो अगाडि चाइनिज भाषा बोले मैले बुझ्दिन । त्यसैगरि यो सरकारले पनि विकासका कुरा बुझ्दैन ।’
यो सरकार लाभ प्राप्त हुँदा जे पनि गर्ने खालको भएको समेत उनले बताए । तर सरकारले सार्वभौमिकता, भौगोलिक अखण्डताको बारेमा बुझ्नुपर्ने उनले बताए ।










