खाजा पाएपछि विद्यार्थीहरु संख्य वढ्यो

 सरोज वली, जाजरकोट  शिक्षाका लागी खाद्य कार्यक्रम जाजरकोट जिल्लामा लागु भए पछि जिल्लाका ग्रामीण भेगमा कार्यक्रम प्रभाबकारी बन्दै गएको छ । बिद्यालयमा बिद्यार्थीको संख्यामा बृद्धी हुनुका साथै दिबा खाजा लागुभए पछि टिफीन समयमा भागेर घर र्फकने बिद्यार्थी पनि निरन्तर बिद्यालयमा अध्ययन गर्न थालेका छन् ।
दिवा खाजा कार्यक्रम लागु हुनु भन्दा पहिले बिद्यालयमा बिद्यार्थीहरुको लागी खाजाको केहि ब्यवस्था नभए पछि टिफीन टाईमै भागेर घर जान्थ्ये र पढाईमा पनि त्यती चासो दिदैनथे अहिले दिवा खाजा कार्यक्रम बिद्यालयमा लागु भए पछि बिद्यार्थीहरु निरन्तर बिद्यालयमा पढ्ने गरेको र विद्यालय समय सम्म वस्ने गरेको नलगाड नगरपालीका वडा नं. २ कालीका प्रा.वि. गरीका प्रधानाध्यापक ठाकुर प्रसाद शर्माले वताउनु भयो ।
जिल्लाका साविकका १८ वटा गाविसका १६६ प्राथामिक बिद्यालय ,४६ निम्न माध्यमिक बिद्यालय र १९ वटा बालकक्षा गरी जम्मा २३१ बिद्यालयका ३४ हजार बालबालिका लाभान्वित भएको शिक्षाको लागी खाद्य कार्यक्रम जाजरकोटका एकाई प्रमुख चेत वहादुर वमले वताउनु भयो ।
नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत शिक्षाको लागि खाद्य परियोनजा संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा दिवा खाजा कार्यक्रम जिल्लामा बिगत २०५७ साल देखि निरन्तर संञ्चालनमा आईरहेको छ । खाद्यान्न अभाव र शिक्षाको पहुँचमा अति न्यून देखिएका जिल्लाहरुका विद्यार्थीहरुलाई आधारभूत शिक्षाको पहुँचमा अभिवृद्धि गर्ने तथा विद्यार्थीहरुको पोषण र स्वास्थ्य स्थितिमा सुधार ल्याउने उदेश्यले यो कार्यक्रम संचालन भएको हो ।
दिवा खाजा कार्यक्रम आफ्नो बिद्यालयमा लागु भए पछि आफ्ना बालबालीकाको शैक्षिक स्तरमा बृद्धी भएको र निरन्तर बिद्यालयमा पढ्न जान ईच्छुक हुने विरेन्द्र ऐश्वर्य प्रा.वि लिम्साका खाजा व्यवस्थापन समितीका अध्यक्ष रति शाहीले वताउनु भयो ।
एक बिद्यार्थी बराबर दिनमा पिठो ९० ग्राम ,तेल १० ग्राम , चिनी १० ग्राम गरि जम्मा एक बिद्यार्थीलाई दिनको ११० ग्राम पौष्टीक आहार दिने गरेको जनकल्यान आधारभूत विद्यालय सेराखेतका प्र.अ.दिनेशकुमार वलीले वताउनुभयो । उहाँले भन्नुभयो हाम्रो विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएपछि पहिलेको तुलनामा अहिले विद्यार्थी संख्या दोब्बर भएको छ । विद्यार्थीहरु पनि नियमित स्कुल आउने गरेका छन् ।
बिद्यालयमा दिवाखाजा नहुदा केटाकेटीहरु पढाई छोडेर घर आउने गर्थे अहिले स्कुलमा दिवा खाजा कार्यक्रम लागु भएपछि ४ वजे सम्म स्कुलमै वसेर पढ्ने गरेको वारेकोट गाँउपालीका वडा नं.१ की अभिभावक रतनकली घर्तीले वताउनु भयो । दिवा खाजा लागु भएकै बिद्यालयमा सरसफाई कार्यक्रम पनि लागु हुदाँ अहिले सबै स्थानियहरु सरसफाईमा एकजुट भएका छन् ।
चर्पि गईसकेपछि सावुन पानीले हातसम्म नधुने वानी भएका वालवालीकाहरु अहिले विद्यालय सरसफाई कार्यक्रम लागु भएपछि खाजा र खाना खानुभन्दा अगाडि फोहर वस्तु छोइसकेपछि अनिवार्य सावुन पानी ले हात मिचिमिचि धुने वानीको विकास हुनका साथै बिद्यालयमा कक्षा कोठा, खेल मैदान, शौचालय, खानेपानीको धारा, घर आगन तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन थालेको विद्यालय सरसफाई कार्यक्रमका जिल्ला सरसफाई अधिकृत शान्तबहादुर बुढाले वताउनु भयो ।





error: Content is protected !!