कांग्रेस र माओवादीको विचमा मन्त्रालय वाडफाडमा सहमती

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमाओवादी केन्द्रविच मन्त्रालय वाडफाडमा भागवण्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार साझ बसेको सत्तारुढ दलका शिर्ष नेताहरुको बैठकले कांग्रेसलाई १३ र माओवादीले ९ मन्त्रालय पाउने गरी भागवण्डा टुंगो लागेको हो ।

शिर्ष नेताहरुको वैठकमा प्रमुख विपक्षी दल एमालेसंग छलफल गरेर संसदको निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्ने सहमति भएको छ । दुई दलका नेताहरु विच भएको सहमतीअनुसार कांग्रेसले संचार, भौतिक योजना तथा यातायात,उद्योग,सिचाई,खेलकुद र रक्षामन्त्रालय पाउने भएका छन् । एमाओवादी केन्द्रको भागमा उर्जा, स्वास्थ्य, कृषी, सामान्य प्रशासन, पुशपंक्षी र महिला वालवालिका तथा समाज कल्याणमन्त्रालय परेको छ ।

यसअघि माओवादीले गृहमन्त्रालयसहित परराष्ट्र र सहरी विकास मन्त्रालय लिइसकेको छ  भने कांग्रेसको भागमा अर्थ र शिक्षामन्त्रालय परेको छ ।  शिर्ष नेताहरुको वैठकले साना दललाई चार मन्त्रालय छुट्याउने निर्णय समेत गरेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!