जाजरकोटमा २६ हजार फर्जीविद्यार्थी हटाईए

जाजरकोट । यहाँका १० विद्यालयलाई फलामका फर्निचर सहयोग गरिएको छ । दुई वटा विद्यालयलाई रु ५० हजारका दरले र वाँकी ८ विद्यालयलाई फर्नीचर खरिदका लागि १ लाखका दरले रकम उपलव्ध गराएको जिल्ला शिक्षा कायालयले वताएको छ ।
हावाहुरी, डाडामाथीका विद्यालयलाई यस्ता खालका फर्निचर उपलव्ध गराएको हो । त्यस्तै कार्यालयले जिल्लाका ४५ वटा विद्यालयलाई कम्प्यूटर उपलव्ध गराएको छ । विद्यालयमा प्राविधिको विकास गर्न र सवैले कम्यूटर का वारेमा जानकारी राखुन भनेर यो अभियान सञ्चालन गरिएको हो ।
यो भन्दा अगाडी जिल्लाका ७५ विद्यालयले कम्प्यूटर लिएर सञ्चालनमा ल्याएका छन् । वत्ती र शिक्षकको सुनिश्चत भएको ठाँउमा मात्र कम्प्यूटर उपलव्ध गराएको कार्यालयले वताएको छ । त्यस्तै२ वर्षको अन्तरालमा यहाँका २६ हजार विद्यार्थीहरु घटेका छन् । अघेल्लो वर्षमा १० हजार र यो वर्ष १६ हजार फर्जी विद्यार्थीहरु घटेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो । अहिले ७२ हजार यो संख्यमा विद्यार्थीहरु घटेको अधिकारी सिंहले वताउनुभयो । फर्जी विद्यार्थीहरु हालेर मोटो रकम आफुले प्रयोग गर्ने तर नक्कली भरपाई जिल्ला शिक्षा कार्यालयमा वुझाउने गरेको उहाँले वताउनुभयो ।

फर्जीविद्यार्थीहरु वारे थाह पाउन साथ कडा निरगारनी तथा अनुगमण गरेपछि यो मात्रामा विद्यार्थीहरु घटाएको हो । फर्जी विद्यार्थीलाई रकम नदिएपछि लाखै रकम फ्रि भएको जिल्ला शिक्षा कार्यालयले वताएको छ ।
हेमन्त के सी रासस




सम्बन्धित समाचार


error: Content is protected !!