अध्यक्ष शेरबहादुरको पत्र प्रधानमन्त्री शेरबहादुरलाई नाकाबन्दीबाट मुक्त गरिदीन माग

दुनै(डोल्पा) ३ साउन
प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिक समाज डोल्पाले पत्र लेखेको छ ।
डोल्पामा यातायातको सबै साधन बन्दभई नाकाबन्दीको अवस्था सिर्जना भएको अवस्था जनाउँदै यसबाट मुक्त गरिदीन आग्रहका साथ पत्र लेखिएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिनुभयो ।
डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थल पनि १ असार देखि कालोपत्रेका लागि बन्द गरिनुका साथै जाजरकोट डोल्पा–सडकखण्डको निर्माणकार्यलाई तीब्रता दिन खदाङ–त्रिपुराकोट खण्डको बिष्फोटन कार्य तीब्र पारिएपछि बाटो अवरुद्ध भएको अवस्था जनाउँदै नाकाबन्दी भएको समेत पत्रमा जनाईएको छ ।
दुर्गम जिल्ला डोल्पामा हवाई तथा पैदल दुबैमार्ग बन्द भएपछि जिल्ला बाहिर आवतजावतमा ठप्पहुनुको साथै डोल्पामा दैनिक उपभोग्य सामग्री ढुवानी समेत ठप्प भएकाले डोल्पालीको दैनिक अत्यन्तै कष्टकर बन्दै गएको अध्यक्ष बुढाले बताउनुभयो ।
एक त दुर्गमलाई ढाल बनाउँदै ब्यापारीहरुले सम्पुर्ण सामानमा तेब्बर मुल्य ठटाउँदै आएकोमा यस पटक भने व्यापारीहरुले ढुवानीको समस्या देखाउँदैे सबै सामानहरुमा उपभोक्ताको ढाड सेक्नेगरि मुल्यबृद्धि भएपछि डोल्पाली झनै मारमा परेको उहाँको भनाई छ ।
कतिपय ब्यापारीहरुले त भएको सामान लुकाउँदै बजारमा कृतिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको समेत उहाँको आरोप छ ।
बालबालिका,सुत्केरीले,बृद्धले लगाएतका सर्वसाधारणहरुले बिरामिपर्दा आकस्मिक औषधि उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्था समेत पत्रमा उल्लेख गरिएको छ ।
यायातातबिनाको डोल्पालीको दर्दनाक अवस्थालाई मध्ये नजर राख्दै जुफाल विमानस्थल बन्द भएको एकसाता भित्रै त्रिपुरा सुन्दरी नगरपालिका स्थित पहाडामा पर्ने मसिनेचौर विमानस्थल संञ्चालनमा ल्याउने प्रतिबद्धता भएपनि एक महिना बितिसक्दा समेत कार्यान्वयन नभएको गुनासो नागरिक समाजले डोल्पाले गरेको छ ।
निर्माणकार्य सम्पन्न भईसकेको मसिनेचौर बिमानस्थलमा मकालु एअरलाईन्सको परिक्षण उडान समेत सफल भई केही समय हवाई यायातात समेत संञ्चालनमा आईसकेकाले यस पटक पनि यथाशिघ्र उक्त विमानस्थल संञ्चालनमा ल्याई डोल्पालीलाई नाकाबन्दीको अवस्थाबाट उन्मुक्ति दिन समेत पत्र मार्फत आग्रह गरिएको छ ।










