डोल्पामा बाढीले लाखौँको क्षती

डोल्पा– निरन्तर भईरहेको बर्षातपछि आएको बाढीले डोल्पामा लाखौँको धनमाल क्षती पु¥याएको छ । यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ३ सुँनपानी बस्तीका किसानहरुको खेतबारीमा लगाईएको तरकारी,फलफुलका तथा पाँच रोपनी जग्गानै बगाएपछि लाखौँको क्षती भएको स्थानीयले बताएका छन् ।
बाढीले लटरम्म फलेका कागती,भोगटे,अनार लगाएत तरकारी सहितको पाँच रोपनि जग्गा बगाएपछि बस्तीका १३ घरधुरीको सात लाख धेरैको क्षती भएको स्थानीय तुलबहादुर धरलाले बताए । पीडितहरुले क्षतीपुर्तीको व्यवस्था गर्न माग समेत गरेका छन् ।










