गृहमन्त्रीको खुलासा ‘हवल्दार रानालाई धन्यवाद दिएको हो, १५ सय होइन’

जाजरकोट । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाल प्रहरीका हवल्दार दुर्गा बहादुर रानालाई आफूले १५ सय रुपैयाँ दिएको भन्ने हल्ला निराधार भएको बताएका छन् । केही बेर अघि फेसबुकमा स्टाटस लेखेर मन्त्री शर्माले दुर्गाबहादुरलाई आफूले धन्यवाद दिएको तर १५ सय रुपैयाँ नदिएको बताएका हुन् ।
भेटमा गृहमन्त्रीले रानालाई १५ सय दियो भनी भ्रम छरेर रानाको साहसिक कमदमको अपमान नगर्न समेत गृहमन्त्रीले सवैमा आग्रह गरेका छन् ।
उनले फेसबुक मार्फत भनेका छन् ‘ नेपाल प्रहरीका हवल्दार श्री दुर्गा बहादुर राना गृह मन्त्रालयमा भेट्न आएका र मैले धन्यबाद दिएको हो, भेटका क्रममा गृह मन्त्रीले रु।१५०० दियो भनी भ्रम छरेर उहांको साहसीक कदमको अपमान नगर्न आग्रह गर्दछु ।










