जुफाल विमानस्थलको दुईसय मीटर कालोपत्रे सम्पन्न

डोल्पा,  डोल्पामा यातायातको एकमात्र साधनको रुपमा रहेको जुफाल विमानस्थलको दुईसय मीटर कालापत्रे गर्ने काम सम्पन्न भएको छ ।जम्मा पाँच सय साठी मीटर मध्ये असार १ गते देखि २६ गतेसम्म २६ दिनको अवधिमा दुईसय मीटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको विमानस्थल निर्माणका आयोजना प्रमुख वीर प्रसाद शाहीले जानकारी दिए ।

 

आउँदो भदौ पहिलो सातासम्ममा कालोपत्रे गर्ने कार्य सम्पन्न गरेर हवाई यातायात सञ्चालनमा ल्याउने योजना रहेको आयोजना प्रमुख शाहीले बताए ।वर्षायाम सुरु भएकाले काम गर्ने क्रममा बिच–बिचमा पानी परेर समस्या उत्पन्न हुने गरेको समेत शाहीको भनाई छ ।

कर्णालीका चार वटा विमानस्थलहरु कालोपत्रे भइसके पनि डोल्पाको जुफाल विमानस्थलमा भने कालोपत्रे गर्ने काम भर्खरै सुरु भएको छ  ।





error: Content is protected !!