अस्पताल जाँने वाटो भत्किएपछि एक महिना देखि सास्ती

जाजरकोट । यहाँको जिल्ला अस्पतालमा जाँने आउने वाटो भत्किएको एक महिना वितिसक्दा पनि मर्मत नहुँदा एम्वलेन्स लिन सकिएको छैन् । जिल्ला अस्पतालमा लिने आवश्यकिय सामग्रीहरु लिन र ल्याउन वाटो नहुँदा भेरी नगरपालिकामा झारेर करिव चार सय मिटर वाटोमा महंगो सुल्क तिरेर दैनिक सामगी तथा विरामीहरु लिन वाध्य भएको स्थानीयहरु वताउँछन् ।
जिल्ला अस्पतालमा लिने विरामी ,औषधी, अन्य सामग्रीहरु मानिसले वोकेर लिदा हैरान भएको जिल्ला स्वास्थ्य कार्यालयका सुव्वा लमवहादुर खड्काले वताउनुभयो । जिल्ला अस्पतालका दुई वटा गाडी भएपनि अस्पतालमा सम्म जाँने वाटो नहुँदा दैनिक विरामीहरु वोकेर लिदा हैरान भएको स्थानीयको भनाई छ । माथी त्रिभुवन उच्च मावि तल भेरी ज्ञानोदय क्याम्पस विचमा सडक भएका कारण कसैले वाटो फराकिलो वनाउन नदिदा थप समस्या हुँदै आएको छ । तीन वर्ष अघि खलंगा रिम्ना सडक अन्तरर्गत पर्ने सडक संग जोडेर अस्पताल देखि तल वाट वैल्पिक वाटो निर्माण गरेपनि अहिले सञ्चालनमा आउन सकेको छैन् ।
अहिले दैनिक विरामीहरु वोकेर अस्पताल लिने र ल्याउने गरिदै आएको छ । वर्षायाममा निरन्तर पानि परिरहेकोले सडकमा हिन्दा कम्जोर अवस्थामा रहेको पर्खाल भत्किने त्रासमा अस्पातलको वाटो हिड्ने मानिसहरु चिन्तित हुँने गरेका छन् ।
हेमन्त के सी रासस










