प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार

काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन्। प्रधानमन्त्री देउवाले सोमबार उनलाँई प्रेस संयोजकमा नियुक्त गरेका हुन्।
विगत १५ वर्षदेखि मूलधारको पत्रकारितामा सक्रिय उनी पछिल्लो समय अन्नपूर्ण दैनिकसँग आवद्ध थिए। नागरिक दैनिकको संस्थापक सम्पादकीय टोलीमा उनले राजनीतिक ब्युरोमा रहेर काम गरेका थिए।










