दुर्गममा विद्यालयलाई आठ लाखको शैक्षिक सामग्री हस्तान्तरण

जाजरकोट । यहाँका सामुदायिक विद्यालयहरुको प्रारम्भिक तहका वालवालिकाको पठन सिप, क्षमता अभिबृद्धिका लागि आठ लाख बरावरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
जिल्लाको साविकका गाविस दशेरा, सुवानाउली पजारु तथा झाप्राका १७ वटा सामुदायिक विद्यालय तथा २४ बटा वालविकास केन्द्रमा प्रारम्भिक तह पठन सिप अभिबृद्धि गर्न शैक्षिक सामाग्री छेडागाड नगरपालिकाका मेयर लालवहादुर महतराले हस्तारण गर्नु भएको हो ।
पाच दिने पठन सिप अभिबृद्धि तालिमको समापन पश्चात तालिम प्राप्त प्रारम्भिक तहका शिक्षकहरुलाइ सामाग्री प्रयोग सिप अभिमुखिकरण गरी उक्त सामग्री हस्तान्तरण गरिएको जिल्ला शिक्षा कार्यलय जाजरकोटका विद्यालय निरिक्षक धनन्जय आचार्यले बताउनु भयो ।
२४ वालविकास केन्द्रका शिक्षिकाहरुलाइ उक्त सामग्री हस्तान्तरण गरे संगै चार गाविसका सम्पुर्ण ४९ वालविकास केन्द्रमा शैक्षिक सामाग्री युक्त तथा शिक्षिकाहरु तालिम प्राप्त भएका जिल्ला शिक्षा कार्यलय जाजरकोटले जनाएको छ ।
प्रारम्भिक तहका सामुदायिक विद्यालयमा अध्ययनरत वालवालिकाको पठन सिप तथा पठन प्रवाह अत्यन्त न्युन रहेको अवस्थामा उक्त सहयोग पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले जिल्ला शिक्षा कार्यालयको समन्वयमा गरेको हो ।
प्रति विद्यालय २५ हजार ९ सय ३२ प्रारम्भिक तह शैक्षिक सामग्री तथा १४ हजार ७ सय ६० वालविकास केन्द्रको शैक्षिक सामग्री हस्तान्तरण गरिएको मञ्चका कार्यवाहक अध्यक्ष आशा कार्कीले बताउनु भयो ।
छेडागाड नगरपालिका स्थित सामुदायिक विद्यालयको वालवालिकाको शैक्षिक स्तर उकास्नका लगि जिल्ला शिक्षा कार्यलय जाजरकोटको समन्वय एकिकृत परियोजना मार्फत पाचतारा युवा संरक्षक मञ्च ,सेभ द चिल्डेन जाजरकोटले विगत एक वर्ष देखि उक्त क्षेत्रमा काम गर्दै आइरहेको छ ।










