डोल्पामै थन्किए कक्षा ११ का उत्तरपुस्तिका

दुुनै(डोल्पा) २६ असार  राष्ट्रिय परीक्षा वोर्डद्धारा लिइएको कक्षा ११ को उत्तरपुस्तिकाहरु १६ दिन देखि डोल्पामै थन्किएको छन् । यहा“का आदर्श उमावि जुफाल र सरस्वती उमावि दुनै सेन्टरमा लिईएको परीक्ष्ाँका उत्तरपुस्तिकाहरु जिल्लामै थन्किएकाछन् ।
क्षेत्रीय परीक्षा वोर्डको कार्यालय कोहोलपुरमा उत्तरपुस्तिका परीक्षणको लागि लैजानु पर्ने डोल्पामा यातायातको कुनै पनि साधन नभएपछि जिल्लामै थन्किएको जिल्ला शिक्षा कार्यलय डोल्पाले जनाएको छ ।
गत असार १ देखि परीक्षा सुरु भएर १० असारमा सम्पन्नहुने वित्तिकै कोहोलपुर लैजाने तयारी भएपनि डोल्पामा यातायातको एकमात्र बिकल्प हवाई यातायात पनि बन्द भको र सुरक्षा तथा जोखिमका दृष्टिकोणले पैदलमार्गबाट समेत लैजान समस्या भएकाले लैजान नसकिएका जिल्ला शिक्षा अधिकारी रामराजा खकुरेलले जानकारी दिनुभयो ।
अहिले उत्तरपुस्तिका लैजानको लागि क्षेत्रीय परीक्षा वोर्डको कार्यलयबाट कर्मचारी आईसकेको र अब पैदल मार्गबाट नलिनुको बिकल्प नभएकाले जुम्ला ह“दै लैजाने कि रुकुम जाजरकोटह“ुदै लैजाने भन्ने बिषयमा छलफल भईरहेको जिशिअ खकुरेलले बताउनुभयो ।
गत असार १ गते देखि सुरु भएको कक्षा ११ को परीक्षा १० असारमा सम्पन्न भएको थियो ।रामचन्द्र न्यौपाने





error: Content is protected !!