जातकाे ठुलाे हाेईन व्यवहारमा ठुलाे हुनु पर्छ

कालीवहादुर मल्ल
अझै पनि हामिकहाँ ठुलाे र सानाे जात भिन्न्याउने चलन छ।अझै पनि “ढाेका भित्र र ढाेका बाहिर”तथा पानी चल्ने र नचल्ने रुपमा खसी खाने र भैंसी खाने ,मन्दिर पस्ने र न पस्ने काे रुपमा ब्यक्त गरिन्छ जात काे।
नेपालका खस अार्हरुकाे जातिय इतिहास त्यति लामाे छैन।महाभारत काल सम्म जाति किटान छैन।महाभारत काल पछि वैदिक अार्यहरु मा त्याे पनि उत्तर वैदिक कालमा जाति ब्यवस्था (बर्णाश्रम ब्यबस्था)लागू भएकाे झण्डै ५००बर्ष पछि उनैकाे सिकाे गरि स वर्ण समुदायमा अाफुलाई समाबेश गरे।
५अाैं शताब्दीमा केदार खण्ड (जम्मुद्विप)बाट अाजकाे पश्चिम नेपालमा प्रबेश गरेका खश अार्यहरु काे नाग राज ले राज्य स्थापना गरे पछि राज्य र राज्यका सरकारि पद बाट समुदाय काे जात निर्धारण भयाे।
जस्तै:-ठकुरि (ठकुराई काे मुख्य मान्छे अथवा राज्यकाे मुख्य राजा )ठाकुर बाट ठकुरि,भण्डारी =राज्य काेष प्रमुख,अधिकारि =दराकाे हाकिम,कार्कि=राजस्व अधिकृत,भट्ट =राज पराेहित,महतारा=ग्राम प्रमुख,राेकाया=महताराकाे सहयाेगि,थापा=सैनिक गुप्तचर(थाहा पाउने),खड्का =सैनिक दर्जा पैक्यालाे,राना,बुढा,बुढाथाेकि=सैनिक दर्जा थर काे धारण गरे।त्यस्तै गरि खस बाउन का थर सै खस राज्यका गाउका नाम बाट बनेकाे कुरा पहिले नै पेश गरिएकाे हाे।
ठकुरि पनि नेपालमा ३ थरिछन।जस्तै मल्ल,सिंह(भारत बाट अाएका सिंह)शाहि (शाहि हरु शाहा र काृहिले सिंह पनि लेख्छन।
मल्ल ४किसिमकाछन:-क)मनुस्मृति कालका मल्ल जाे मल्ल जनपद (गाेरखपुर नजिक भारत )बाट अाएका काठमाडौं का पुराना मल्ल।
ख)नागराज,चाप राज,चापिल्ल ,स्चल्ल,चल्ल बाट मल्ल(१२ अाैं शताब्दीमा जितारि देखि मल्ल लेखाएकाे)भएकाे,
ग)गेला का राजा मल्ल का घरज्वाई पुण्यपाल(पछि माईतिकाे थर मल्ल धारण गरि)मल्ल भएकाे
घ)शाहि बाट मल्ल थर परिवर्तन गरेका मल्ल ईनि हरु अाफुलाई अत्रि गाेत्र भन्दछन।र, अर्काे पाचाैं मल्ल ठकुरि राजा काे छाेरि भगाए पछि छुटाउन नसकि राजाले मल्ल थर प्रदान गरेका राउल हरु मल्ल भएकाे।यी मल्ल हरु काेहि सुर्यबंसि,काेहि समुन्द्र बंशि र काेहि पाल बंशि भएकाे दावि गर्छन।
शाहि ठकुरि ३ थरि:-क)कर्णाली प्रदेशका अत्रि कन सन्ता,समाल ठकुरिहरु बम्मा,बम्मा बाट बम ,बम पछि सेन(जगति सेन)पछि शाह(काेहि शनहि,सिंह)मा परिणत भए।ईनिहरु अाफुलाई अत्रिगाेत्र भन्छन।
ख)बलिराज अथवा उत्तम थापा (मुगु कालै का थापा)काे छाेरा राजा भए पछि शाह थर लेखाए कालैका हुनाले यिनिहरु ले कल्याल बंश लेखाए र गाेत्र रबि लेखाए।
ग)पाल्पा,लमजुङ ,गाेरखा,(मगरात का मगरहरु)मगहरु ले खस साम्राज्य काे विघटन पछि स्थानिय सामन्त बाट अा अाफ्ना क्षेत्र लाई राज्य र अाफुलाई ठकुरि(शाह ,खाड,सिंह र सेन ठकुरि)घाेषणा गरेका ठकुरि भनी इतिहासकार हरु लेख्दछन।
वर्णाश्रम ब्यबस्था अंगाले पनि खस अार्य समुदायछ मा वैश्य र सुद्र भन्ने जात छैनन्।जसलाई दलित मा सुचिकृत अलि पछि गरियाे उनिहरु दलित नभएर ब्राह्मण र क्षेत्रि कै गाेत्र थर कुल देवता मान्ाु ले प्रष्ट्याउछ।
बाकि अर्काे अंक मा।










