सिंहदरवारको अधिकार गाउँमा आयो भन्नु गफ मात्रै सातै स्थानीय तहको काम सदरमुकाम वाट

जाजरकोट । यहाँका सातै वटा स्थानीय तहेको काम सदमुकामवाटै हुँने गरेको छ । सिंहदरवारको अधिकार गाउँमा आयो भनेपनि यहाँका सातैवटा तहको काम जिल्ला सदरमुकाममै हुने गरेको छ । स्थानीय तहमा फोन,वैँक, विद्युत नहुँदा काम गर्न समस्य भन्दै सदरमुकाममा हुँदै आएको जनप्रतिनिधीले वताएका छन् ।
वारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाह भन्नुहुन्छ–‘गाँउमा न त टेलिफोनले काम गर्छ न बैकिङ्ग सुविधा नै छ । सदरमुकाम नबसेर के गर्नु ? । आर्थिक बर्षको अन्त्यको बेला भएकोले विभिन्न योजनाको भुक्तानी गर्न वडा सचिव र गाँउ तथा नगरपालिकाका कार्यकारी सचिव सदरमुकाममै भएकोले हामीहरु पनि सजिलोको लागी सदरमुकाममै बसेका हौ ।’
जिल्लाका अधिकांश ठाँउमा टेलिफोन सेवा विस्तार हुन सकेको छैन । केही ठाँउमा सिडिएमए फोनले काम गरेपनि गाँउ तथा नगरपालिकाका केन्द्र रहेका ठाँउमा कुनै पनि फोनले काम गदैन । फोनले काम नगर्ने , बैकहरुको ब्यवस्था हुन सकेको छैन कसरी गाँउमा बसेर काम गर्ने हामी निकै समस्यामा छौ कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भन्नुभयो ‘त्यही भएर गाँउपालिका र जिल्ला सभाको पहिलो बैठकले संचार सेवा विस्तार र बैक स्थापनाका लागी सरकार सँग आग्रह गर्ने निर्णय गरेका हौ ।’ सरकारले प्रत्येक स्थानिय तहमा कम्तिमा एउटा सरकारी बैक स्थापना गर्ने घोषणा गरिसकेको छ तर कहिले सम्म बैक स्थापना हुने हुन कुनै सुरसार समेत छैन ।
केही महिना भित्रै टेलिफोनका टावर निर्माण र बैक स्थापना गर्न सके मात्र सेवा प्रवाह सहज हुने छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महताराले बताउनुभयो । ‘नगरपालिका भएर पनि नगरको लागी चाहिने सडक यातायात , बिजुली र सञ्चार जस्ता अत्यावश्यक सेवा नहुँदा नगरमै बसेर सेवा प्रवाह गर्न कर्मचारी र जनप्रतिनिधीलाई निकै समस्या परेको छ ’उहाँले भन्नुभयो ‘नगरलाई नगर जस्तो बनाउन म प्रयत्नशिल रहनेछु ।’
सरकारले यसै महिना भित्र आगामी बर्षको बजेट पारित गर्न स्थानिय तहलाई निर्देशन दिएको भएपनि अहिले सम्म जनप्रतिनिधी गाँउ गएका छैनन् । अन्तिम भुक्तानीका लागि कर्मचारी सदरमुकामै रहेका कारण जनप्रनिधि पनि गाँउ नगएको बताएका छन् । यस अघि करीव १५ बर्ष देखी तत्कालिन गाविस सचिवले सदरमुकामबाटै सेवा प्रवाह गदै आएका थिए । त्यही अवस्था दोहरिने हो कि भनेर त्रिवेणी नलगाड १२ का मोहन बस्नेत चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ पुर्वाधार विस्तार नहुँदा सम्म गाँउमै बसेर जनप्रतिनिधि र कर्मचारीले काम गर्न गाह्रो छ ।
सिंहदरवारको अधिकार गाँउमा आएको भनेर दलहरुले खुवै प्रचार गरेपनि चुनाव भएको दुई महिना सम्म पनि कुनै परिवर्तनको आभास पाउन नसकिएको स्थानियको भनाई छ । जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिका बाहेक जिल्लाका अन्य ६ ओटा पालिकामा टेलिफोनको सुविधा विस्तार हुन सकेको छैन भने कुनै पनि बैकिङ्ग सुविधा विस्तार हुन सकेको छैन । त्यस्तै सडक विस्तार समेत हुन सकेको छैन । छेडागाड र नलगाड नगरपालिकामै यातायातको सुविधा पुग्न सकेको छैन । हामीलाई काम गर्न निकै गाह्रो छ ईमेल ईन्टरनेटको त कुरै छोडौ टेलिफोनको समेत सुविधा छैन न त बैक नै छन् नलगाड नगरपालिकाका मेयर टेकबहादुर रावलले भन्नुभयो ‘यस्तो अवस्थामा कसरी सिहदरबारको अधिकार गाँउमा जान्छ । भौतिक पुर्वाधारको अभाव र आधारभूत सेवा सुविधाको अभावले सिहदरबारको अधिकार गाँउ गाँउ सम्म पुरयाउन निकै सकस छ ।

 





error: Content is protected !!