तिनाउ खोलाले जीप बगायो, चार जना बेपत्ता

पाल्पा – पाल्पामा खोलाले जीप बगाउदा ४ जना बेपता भएका छन् । पाल्पाको माथागढी –३ सराई स्थित तीनाउखोलाले विहेको भोज खाएर फार्कदै गरेको लु १ ज १२१७ नम्बरको जीप बगाउदा ४ जना बेपत्ता भएका हुन् ।
लगातार बषार्कका कारण तीनाउँखोलामा आएको बाढीले राति १२ तिर सराईमा जीप बगाउँदा तानसेन– १ की २९ बर्षी उसा श्रेष्ठ, माथागढी १ का अन्दाजी ४० वर्षीय तिलवीर गाहा, उनकी श्रीमती माया गाहा, ४० वर्षीय पदम बहादुर कवर मगर बेपत्ता भएको पाल्पा स्थित प्रहरी चौकी प्रभासले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा बेपत्ता हुनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अत्याधिक वर्षाको कारणले पानीको सतह बढेको हुनाले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।










