गाँउपालिकाको अध्यक्ष भएपछि पत्रकार महासंघको सदस्यता त्याग

जाजरकोट . बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले नेपाल पत्रकार महासंघको सदस्यता त्याग गर्नुभएको छ । २०६४ सालमा महासंघको सदस्यता प्राप्त गर्नु भएका शाह गोरखापत्र दैनिकको जाजरकोट संवाददाताको रुपमा केही समय काम गर्नु भएको थियो । रेडियो जाजरकोटका संस्थापनक स्टेशन मेनेजर रहनु भएका शाह ग्रामिण विकास मासिकको सम्पादक समेत हुनुहुन्छ । जनप्रतिनिधि भैसकेपछि नैतिकताको आधारमा महासंघको साधारण सदस्यबाट राजिनामा दिएको उहाँले बताउनुभयो । ‘म पत्रकार महासंघकोे सदस्य नरहेपनि पत्रकार र पत्रकारिता पेशा प्रति मेरो सधै गहिरो सम्बन्ध रहनेछ’,उहाँले भन्नुभयो–‘जिल्लाको पत्रकारीता विकासको लागी जनप्रतिनिधीको तर्फबाट खेल्नु पर्ने भुमिकामा म सधै कटिबद्ध रहनेछु ।’
पत्रकार महासंघ र प्रेस युनियनमा आवद्ध नेपाली काँग्रेसबाट बारेकोट गाँउपालिकाको अध्यक्षमा निर्वाचित शाहबाट बारेकोटवासीले विकासको ठुलो आशा र भरोसा गरेका छन् । कर्णाली सँग सिमाना जोडिएको बारेकोट गाँउपालिकामा सडक यातायात , विजुली र सञ्चारको विकास गर्नु नै पहिलो प्राथमिकता भएको शाहको भनाई छ ।
बारेकोट गाँउपालिकाका अध्यक्ष शाहले पत्रकार महासंघको साधारण सदस्यबाट राजिनामा दिएको प्रति उहाँलाई सवैले धन्यवाद ।










