रिलायवल माईक्रोफाईनाईन्सको कर्जाबाट व्यबसायिक बन्दै डोल्पाली कृषक

रामचन्द्र न्यौपाने
,डोल्पा(दुनै) २३ असार , दुर्गम जिल्ला डोल्पाको ठुलीभेरी नगरपालिका स्थित वडा नं ३ दुनै का एक कृषकले तरकारी खेतीबाट बार्षिक एकलाख सम्म आम्दानी गर्ने गरेकाछन् ।
डोल्पामा एक बर्ष अगाडी स्थापना भएको रिलायबल माईक्रोफाईनान्स बाट लिएको ४५ हजार कर्जाबाट तरकारी खेती गरेर बार्षिक एक लाखसम्म आम्दानी गर्ने गरेको कृषक सन्तु रोकायले बताउनुभयो । घरमा बेरोजगार भएर बसिरहेको बेला डोल्पामा शाखा स्थापनाहुने बित्तिकै जोश जाँगरका साथ आयआर्जनका कार्यहरु गरेर आर्थिक उन्नती गर्न चाहने कृषकहरुलाई रिलायबले बिना धितो तिन लाखसम्म कर्जा दिन सुरुगरेपछि आफुले पहिलो पटक कर्जा लिएर तरकारी खेती गरेको उहाँले बताउनुभयो ।यसबाट अहिले राम्रो आम्दानी गरेकी छु,घरखर्च सबै तरकारी बेचेरै टार्छु उहाले भन्नुभयो यसबाट बचेको पचास हजार रकम बचत समेत गरेको छु उहाँले थप्नुभयो । झन्डै एक रोपनी जग्गामा लगाईएको गोलभेँडा,बन्दा,काउली,प्याज,फर्सी लगाएतका तरकारी गरेको उहाँले बताउनुभयो ।
त्यस्तै ठुलीभेरी नगरपालिका ३ मेलसराका कमला शाहीले पनि कर्जाको राम्रो सदुपयोग गर्नुभएको छ । उहाँले रिलायबल बाट लगेको तिस हजारबाट च्याउ खेती सुरु गरेर राम्रो आम्दानी गरेको बताउनुभयो । उहाँले गत बैशाखमा लगेको उक्त रकमबाट दुई महिनामै च्याउ बेचेर बिसहजार आम्दानी गरेको बताउनुभयो । च्याउ प्रति किलो पाँचसयमा धमाधमा धरमै आएर लैजाने भएकाले कर्जा थपेर च्याउ खेती नछाड्ने उहाँले बताउनुभयो ।
त्यस्तै रिलायबलको कर्जाबाट डोल्पाका थुप्रै कृषहरुले विभिन्न आयआर्जनका कार्यहरु गरेर आम्दानी गरिरहेको रिलायबल माईक्रोफाईनान्स डोल्पा शाखाले जनाएको छ । रिलायबल माईक्रोफाईनान्सले डोल्पाली कृषकलाई व्यबसायिक बनाउँन झन्डै असिलाख भन्दा माथि लगानी गरेको डोल्पा शाखा प्रमुख राजकुमार तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार छ सय तिस सेवाग्राही सदस्यले ७३ लाख २३ हजार बचत गरेकाछन् ।यसबाट रिलायबलले दिएको सेवा प्रति डोल्पाली विश्वस्त रहेकोछन् भने डोल्पालीको बचत गर्ने बानीको बिकास समेत भएको छ ।










