उन्न्त जातको वाख्रा पालनवाट आम्दानी वढ्यो

 जाजरकोट । वषौदेखि ठिमाह वाख्रा पालन गदै आएका यहाँका किसानहरुलाई उन्नत जातको वाख्रा र वोका वितरण पछि आम्दानीमा वृद्धी भएको छ ।
जिल्लाका विभिन्न ठाउँमा जिल्ला पशु सेवा कार्यालय खाद्य सुरक्षा कार्यक्रम मार्फत वितरण गरिएका वोका र वाख्राले राम्रो आम्दानी गरेको माई भगवती वाख्रा पालन महिला समुह कुदुकी अध्यक्ष झुपी वटालाले वताईन् । पशु कार्यालय मार्फत उन्नत जातका वोका र वाख्रा वितरण पछि गाउँमा अहिले यसको धेरै माग भएको वटालाले वताईन् ।
पशु सेवा कार्यालयको प्रत्यक्ष निगरानिमा सुधारिएको आधुनिक खोर निर्माण पछि विगतको जस्तो वाख्रामा विभिन्न रोग लाग्ने र मर्ने समस्या कम भएको किसानले वताएका छन् । अनुदानमा खोर निर्माण कार्य सम्पन्न गरेपछि किसानहरुलाई वाख्राका पाठा,पाठी वोकाहरु अलग अलग वनाएर राख्ने तरिका सवै किसानलाई सिकाएपछि अहिले वाख्रा पालन व्यवसाय निकै सुधार भएको किसान राधिका वटालाले वताईन् । प्रत्येक समुहमा १० वाख्रा र २ वोका गरिव किसानको जीवन स्तर उकास वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयले वताएको छ । अहिले एक वटा वाख्रा वाट ३ वटा सम्मा संख्य वृद्धी भई थप वाख्रा किन्ने अभियानमा रहेको प्रेम रानाले वताए ।
जिल्लावाट अनुगमणमा गएका प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, प्रहरी प्रमूख भावेश रिमाल, स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डित ,पशु सेवा कार्यालयका अधिकारीहरु सामु आफुले गरेको कामवाट सफलता पाएको भन्दै पशु सेवा कार्यालयलाई किसानले धन्यवाद समेत दिएका थिए । आफुहरुलाई थप वाख्रा र वोका दिन माग समेत गरेका छन् ।

 





error: Content is protected !!