जाजरकोटमा ग्याँस सिलिन्डर पट्किएर चार जना घाईते

जाजरकोट। जिल्ला सदरमुकाम खलंगाको तल्लो थाप्ले स्थित एक घरमा बुधवार बिहान ग्यास सिलिण्डर पट्किएर चार जना घाईते भएका छन् । घाईतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भैरहेको छ ।
तल्लो थाप्ले स्थित भक्तबहादुर वलीको घरमा आज विहानै ग्यास सिलिण्डर पट्किएर चार जना घाईते भएको प्रत्यक्षदर्सी प्रकाश चन्दले जानकारी दिए । प्रकाश चन्दले दिएको जानकारी अनुसार घाईते हुनेहरुमा शिक्षक हिरालाल पन्त र शिक्षक पन्तकि एक छोरी र एक नातिनी रहेकी छन् भने, घाईते एक महिलाको नाम खुल्न सकेको छैन ।










