निर्वाचनमा थरीथरीका नतिजा गोलाप्रथादेखि एक भोटसम्मको हारजित

झापामा गोलाप्रथाबाट एमाले विजयी
झापाको कमल गाउँपालिकामा एमाले र कांग्रेसका अध्यक्ष उम्मेदवारको मत बराबरी भएपछि गोलाप्रथाबाट एमालेकी मेनका काफ्ले विजयी भएकी छिन् । एमालेकी काफ्ले र कांग्रेसका हुकुमसिंह राईले समान आठ हजार दुई सय ७५ मत पाएपछि गोलाप्रथा भएको हो ।

रोल्पामा गोलाप्रथाबाट माओवादीले जित्यो
रोल्पाको दुईखोली गाउँपालिका–३ मा पनि कांग्रेस र माओवादीका उम्मेदवारले बराबरी मत ल्याएपछि गोलाप्रथाबाट अध्यक्षको टुंगो लगाइएको छ । गोलाप्रथामा माओवादी केन्द्रका झपीराम डाँगीले कांग्रेस उम्मेदवार भीमबहादुर केसीलाई पराजित गरे ।

अछाममा एक मतले एमाले विजयी
अछामको चौरापाटी गाउँपालिकाको अध्यक्षमा एमालेले कांग्रेसलाई एक मतले पराजित गरेको छ । एमालेका हर्कबहादुर साउदले तीन हजार एक सय ३८ मत र कांग्रेसका भीम साउदले तीन हजार एक सय ३७ मत प्राप्त गरेका थिए ।

सोही गाउँपालिकाको उपाध्यक्षमा ७२ मतान्तरले कांग्रेस विजयी भएको छ । कांग्रेसकी माया कुँवरले ३,१७३ मत प्राप्त गरिन् भने एमालेकी सुशीला बोगटीले ३,१०१ मत ल्याइन् ।

बझाङमा पनि एक मतले एमाले विजयी
बझाङको खप्तडछात्रा गाउँपालिका उपाध्यक्षमा एमालेकी पाउसरा थापा एक मतले विजयी भएकी छिन् । उनले २,२५२ र प्रतिद्वन्द्वी घिरा खत्रीले २,२५१ मत प्राप्त गरिन् ।

ओखलढुंगामा तीन मतले जिते माओवादी अध्यक्ष
ओखलढुंगाको चिसंखुगढी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मदेवार नशान्त शर्मा तीन मतले विजयी भए । उनले १,९०६ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर थापाले १,९०३ मत पाए ।

प्युठानमा १२ मतले एमाले विजयी
प्युठानको माण्डवी गाउँपालिका अध्यक्षमा एमालेका श्रीधर रोकाले १२ मतान्तरले माओवादी केन्द्रलाई पराजित गरेका छन् । रोकाले १,७५३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी माओवादीका रोशन अधिकारीले १,७४१ मत प्राप्त गरे ।

सोलुखुम्बुमा १२ मतले कांग्रेस पराजित
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा एमालेका ङिमडोर्जी शेर्पाले कांग्रेसका छुङवा शेर्पालाई १२ मतले पराजित गरेका छन् । त्यस्तै, महाकुलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सागर किरातीले १९ मतान्तरले कांग्रेस उम्मेदवारलाई पराजित गरे ।

ताप्लेजुङमा १३ मतले कांग्रेस विजयी
ताप्लेजुुङको आठराई–त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका विश्वनाथ सिटौला १३ मतले विजयी भए । उनले २,२२६ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका लक्ष्मीबहादुर शाक्यले २,२१३ मत प्राप्त गरे । ताप्लेजुङकै सिदिङवा गाउँपालिकाको उपाध्यक्षमा माओवादीका जीवनकुमार ताम्लिङले १५ मतले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पराजित गरे । त्यस्तै, मिङ्चाखोला गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार साँवाले १५ मतले कांग्रेसका भक्तबहादुर कार्कीलाई हराए ।

प्युठानमा १६ मतले कांग्रेस विजयी
प्युठानको ऐरावती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नवीनविक्रम शाहले १६ मतले एमालेलाई पराजित गरेका छन् । उनले २,४९० र प्रतिद्वन्द्वी एमालेका टीकाबहादुर गुरुङले २,४७४ मत पाए ।

उदयपुरमा २३ मतले कांग्रेस पराजित
उदयपुरको ताप्ली गाउँपालिकाको प्रमुखमा एमालेका उद्धवसिंह थापामगरले कांग्रेसलाई २३ मतले पराजित गरेका छन् । थापाले १,२९१ मत र कांग्रेसका डिकबहादुर ठकुरीले १,२६८ मत पाए ।

भोजपुरमा २६ मतले माओवादी विजयी
भोजपुरको पौवाधुम्बा गाउँपालिकाको उपाध्यक्षमा माओवादीकी सम्झना राईले एमालेकी ज्योत्सना राईलाई २६ मतले पराजित गरिन् । सम्झनाले १,८६० मत र ज्योत्सनाले १,८३४ मत पाइन् ।

डोटीमा माओवादी २६ मतले पराजित
डोटीको बोगाटान गाउँपालिकाको उपाध्यक्षमा एमालेले २६ मतले माओवादीलाई पराजित गरेको छ । एमालेकी भगवती बमले १,८९४ र माओवादीकी चन्द्रादेवी भुलाले १,८६८ मत ल्याए ।

भोजपुरमा २८ मतले एमाले विजयी
भोजपुरको ट्याम्केमयुम गाउँपालिकाको अध्यक्षमा एमालेका ध्रुवराज राईले २८ मतले संघीय समाजवादी फोरमका रामसिंह राईलाई पराजित गरेका छन् । ध्रुवराजले दुई हजार ६९० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रामसिंहले दुई हजार ६३२ मत ल्याएका छन् ।

बाजुरामा २८ मतान्तर
बाजुराको बडिमालिका गाउँपालिका अध्यक्षमा कांग्रेसका पदम बडुवाल २८ मतअन्तरले विजयी भएका छन् । बडुवालले दुई हजार चार सय ९० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका गगनबहादुर रावलले दुई हजार चार सय ६२ मत ल्याए ।

उदयपुरमा २८ मतले एमाले विजयी
उदयपुरकै रौतामाई गाउँपालिका प्रमुखमा एमालेले २८ मतअन्तरका साथ माओवादीलाई पराजित गरेको छ । विजयी एमाले उम्मेदवार खजेन्द्रबहादुर खड्काले दुई हजार सात सय ५२ र माओवादी उम्मेदवार वीरेन्द्र मगरले २४ सात सय २४ मत प्राप्त गरे ।

बैतडीमा ३७ मतले कांग्रेस विजयी
बैतडीकै शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ३७ मतअन्तरका साथ एमालेका भरत मडेलाई पराजित गरेका छन् । साउदले दुई हजार तीन सय ५१ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी एमालेका मडेले दुई हजार तीन सय १४ मत प्राप्त गरे ।

बाजुरामा ३८ मतले एमाले विजयी
बाजुराको बडिमालिका नगरपालिकाको प्रमुखमा ३८ मतका साथ एमालेले कांग्रेसलाई पराजित गरेको छ । एमालेका पदमबहादुर बडुवालले दुई हजार नौ सय ४० र उनका प्रतिद्वन्द्वी कांग्रेसका गगनबहादुर रावलले दुई हजार नौ सय दुई मत प्राप्त गरे ।

सोलुखुम्बुमा ४३ मतले एमाले विजयी
सोलुखुम्बुकै सोलुदुधकुण्ड नगरपालिको उपप्रमुखमा एमालेकी कल्पना राईले ४३ मतअन्तरका साथ कांग्रेसकी खिन्दील्हामु शेर्पालाई पराजित गरेकी छन् । कल्पना दुई हजार सात सय ६० मत प्राप्त गरी विजयी भएकी हुन् ।

खोटाङमा ४३ मतले एमाले विजयी
खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा एमालेका पुष्पलाल भुजेल ४३ मतअन्तरले उपाध्यक्षमा विजयी बनेका छन् । भुजेलले एक हजार आठ सय ९९ मत प्राप्त गरे । प्रतिद्वन्द्वी कांग्रेसकी शान्तिदेवी राईले एक हजार आठ सय ५६ मत प्राप्त गरेकी थिइन् ।

४४ मतले एमाले विजयी
सोलुखुम्बुकै नेचासल्यान गाउँपालिकाको अध्यक्षमा एमालेका डुपकुमार बास्तोलाले ४४ मत मतअन्तरका साथ कांग्रेसका घनजन राईलाई पराजित गरेका छन् । डुपकुमारले एक हजार छ सय ९८ मत प्राप्त गरेका थिए ।

रुपन्देहीमा ४४ मतले कांग्रेस विजयी
रुपन्देहीको मायादेवी गाउँपालिकाको उापाध्यक्षमा कांग्रेसकी तारादेवी यादवले ४४ मतअन्तरका साथ राजकुमारी चौधरीलाई पराजित गरेकी छन् । तारादेवीले दुई हजार दुई सय १३ मत प्राप्त गरेकी थिइन् ।

४६ मतले राजपा विजयी
रुपन्देहीकै रोहिणी गाउँपालिकाको उपाध्यक्षमा राजपाकी शिवकान्ति हरिजनले ४६ मतअन्तरका साथ नयाँ शक्ति÷संघीय समाजवादी फोरमकी रिना मिश्रलाई पराजित गरेकी छन् । हरिजनले तीन हजार चार सय ९६ मत प्राप्त गरेकी थिइन् ।

डोटीको एउटै गाउँपालिकामा सयभन्दा कम मतान्तरले जित–हार
डोटीको पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा ४७ र उपाध्यक्षमा ५९ मतअन्तरले एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका दीर्घ बोगटीले तीन हजार ६ सय १५ र उपाध्यक्ष निर्मला साउदले तीन हजार पाँच सय ८७ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षमा पराजित कांग्रेसका रामप्रसाद उपाध्यायले तीन हजार पाँच सय ६८ मत र उपाध्यक्षमा माया कुँवरले तीन हजार पाँच सय २८ मत प्राप्त गरे ।

कपिलवस्तुमा स्वतन्त्रका उम्मेदवार ५० मतले पराजित
कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्षमा ५० मतअन्तरले एमालेका गोपालबहादुर थापा विजयी भएका छन् । थापाले तीन हजार एक सय ४८ मत प्रप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका जानरीप्रसाद यादवले तीन हजार एक सय ९८ मत पाए ।

५१ मतले एमाले विजयी
कैलालीको गौरीगंगा गाउँपालिका प्रमुखमा एमालेका भीम देउवा ५१ मतका साथ विजयी बनेका छन् । देउवाले पाँच हजार आठ सय ८१ मत प्राप्त गरे । प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेलले पाँच हजार आठ सय ३० मत प्राप्त गरे ।

५५ मतले माओवादी विजयी
अछामकै खत्रीगढी–जयगढ गाउँपालिकाको उपप्रमुखमा ५५ मतअन्तरले माओवादी विजयी भएको छ । माओवादीका लोकबहादुर साउदले दुई हजार चार सय ३६ मत र उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मला रावलले दुई हजार तीन सय ८१ मत प्राप्त गरेकी थिइन् ।

बैतडीमा ६२ मतले कांग्रेस विजयी
बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुखमा कांग्रेसका नरेन्द्रबहादुर थापाले ६२ मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्करराज जोशीलाई पराजित गरेका छन् । थापाले ३७ सय ६२ मत प्रप्त गरे । प्रतिद्वन्द्वी जोशीले ३७ सय मात्र मत प्राप्त गरेका थिए ।

भोजपुरमै ६३ मतले कांग्रेस विजयी
भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा कांग्रेसका महेश राईले ६३ मतअन्तरका साथ एमालेका खगेन्द्र राईलाई पराजित गरेका छन् । महेशले एक हजार ६ सय ७४ मत प्राप्त गरेका थिए ।

६४ मतले एमाले पराजित
अछामको तुर्माखाँड गाउँपालिकाको उपप्रमुखमा ६४ मतअन्तरले कांग्रेसकी अमृतादेवी बुढा विजयी भएकी छिन् । बुढाले तीन हजार तीन सय ९२ मत र उनकी निकटतम प्रतिद्वन्द्वी गौमती शाहीले तीन हजार तीन सय २८ मत प्राप्त गरेकी थिइन् ।

बझाङमै अध्यक्षमा ६४ र उपाध्यक्षमा २० मतले एमाले विजयी
बझाङकै तलकोट गाउँपालिकाको अध्यक्षमा ६४ र उपाध्यक्षमा २० मतअन्तरले एमाले विजयी बनेको छ । अध्यक्षमा एमालेका लालबहादुर विष्टले दुई हजार ६४ र उपाध्यक्षमा घनलक्ष्मी खत्रीले दुई हजार ५७ मत प्राप्त गरेकी थिइन् । प्रतिद्वन्द्वी कांग्रेसका अध्यक्ष उम्मेदवार राजेन्द्रबहादुर सिंहले दुई हजार र उपाध्यक्ष उम्मेदवार जयकुमारी ऐडीले दुई हजार ३७ मत प्राप्त गरेकी थिइन् ।

६४ मतले कांग्रेस विजयी
गुल्मीकै सत्यवती गाउँपालिका प्रमुखमा ६४ मत अन्तरका साथ कांग्रेसले एमालेलाई पराजित गरेको छ । कांग्रेसका पारिश्वर ढकालले पाँच हजार एक सय ९७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका अमरसिंह सिँजापतिले पाँच हजार एक सय ३३ मत ल्याए ।

तेह्रथुममा ६६ मतले कांग्रेस विजयी
तेह्रथुमको मेन्छमायाम गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी गीतादेवी तिमल्सिनाले ६६ मतका साथ एमालेलाई पराजित गरेकी छिन् । तिमल्सिना एक हजार चार सय ८६ मत ल्याएर विजयी भइन् । प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी शंकरले एक हजार चार सय २० मत प्राप्त गरेकी थिइन् ।

भोजपुरमा ७२ मतले एमाले र ३६ मतले कांग्रेस विजयी
भोजपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कैलाशकुमार आलेले ३६ मतअन्तर साथ एमालेका गणेश श्रेष्ठलाई पराजित गरेका छन् । उपप्रमुखमा एमालेका ममिता राईले ७२ मतअन्तरको साथ कांग्रेसकी कृतिकुमारी कार्कीलाई पराजित गरेकी छन् ।

७३ मतले एमाले विजयी
रोल्पाको रुन्टीगढी गाउँपालिकाको उपाध्यक्षमा ७३ मतले एमाले विजयी भएको छ । एमालेकी छमाया पुनले तीन हजार चार सय ५२ मत र उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता केसीले तीन हजार तीन सय ७९ मत प्राप्त गरेकी थिइन् ।

गुल्मीमा ७७ मतले कांग्रेस विजयी
गुल्मीको घुर्कोट गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका शिवबहादुर खत्री ७७ मतअन्तरले विजयी बनेका छन् । खत्रीले चार हजार नौ सय १९ मत ल्याए । प्रतिद्वन्द्वी एमालेकी रिता थापा काउचाले चार हजार आठ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

दार्चुलामा ८० मतले एमाले विजयी
दार्चुलाको लेकाम गाउँपालिकाको उपाध्यक्षमा ८० मतअन्तरका साथ एमालेले कांग्रेसलाई पराजित गरेको छ । एमालेकी माधवी जोशी दुई हजार दुई सय ३० मतसहित विजयी भएकी हुन् । प्रतिद्वन्द्वी कांग्रेसकी जानकी ओझाले दुई हजार एक सय ५० मत प्राप्त गरेकी थिइन् ।

कञ्चनपुरमा एमाले ८३ मतले विजयी
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका उपप्रमुखमा एमालेले ८३ मतअन्तरका साथ कांग्रेसलाई पराजित गरेको छ । सो नगरपालिकामा एमालेकी तुलसीदेवी हमाल पाँच हजार दुई सय ९३ मतका साथ विजयी बनेकी छिन् । कांग्रेसकी घर्मा ऐर विष्टले पाँच हजार दुई सय १० मत प्राप्त गरिन् ।

अर्घाखाँचीमा ९५ मतले माओवादी विजयी
अर्घाखाँचीको शीतगंगा नगरपालिकको उपप्रमुखमा माओवादीले एमालेलाई ९५ मतअन्तरले पराजित गरेको छ । सो नगरपालिकामा माओवादी उप्रमुखका उम्मेदवार टीका रेग्मीले सात हजार एक सय २८ मत र उनका निकटम प्रतिद्वन्द्वी एमालेकी गीता भाटले सात हजार ३३ मत प्राप्त गरेकी थिइन् ।

भोजपुरमा आठ मतले एमाले विजयी
भोजपुरका रामप्रसाद राई नगरपालिकामा एमालेका विजय राईले आठ मतअन्तरका साथ माओवादी केन्द्रका थामबहाुदर राईलाई पराजित गरेका छन् । एमालेका विजयले दुई हजार तीन सय ५६ मत प्राप्त गरे । प्रतिद्वन्द्वी थामबहादुरले दुई हजार तीन सय ४८ मत ल्याए ।

८० कटेका ४६ उम्मेदवार : ४४ जना पराजित

८० कटेका राप्रपाका उम्मेदवार धेरै
८० कटेका उम्मेदवार सबैभन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीका छन् । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा राप्रपाका १९ उम्मेदवार ८० कटेका छन् । बझाङको दुर्गाथली गाउँपालिका–३ बाट वडाध्यक्षमा उम्मेदवार भएका कांग्रेसका ९८ वर्षीय विष्णुबहादुर रावलले सबैभन्दा ज्येष्ठ उम्मेदवार हुन् । उनले निर्वाचनमा २० मत मात्रै पाए ।

८० कटेका ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने एकजना एमालेका उम्मेदवार थिए । अन्य ज्येष्ठ उम्मेदवार कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायतबाट छन् । अधिकांश ज्येष्ठ उम्मेदवारले सयभन्दा कम मत पाएका छन् ।
पहिलो चरणको निर्वाचनमा ५१ जना ८० कटेका उम्मेदवार बनेका थिए । त्यतिखेर पनि राप्रपाकै सबैभन्दा धेरै २० ज्येष्ठ उम्मेदवार थिए ।

ज्येष्ठ दुई उम्मेदवारले झिनो मतान्तरले जिते
रुपन्देहीको मायादेवी गाउँपालिका–१ बाट दलित महिला सदस्यमा राप्रपाकी ८२ वर्षीया कोइली चमार तीन मतान्तरले विजयी भइन् । उनले ५४७ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुखना चमाइनले ५४४ मत प्राप्त गरिन् ।

त्यस्तै, बाँकेको जानकी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा माओवादी केन्द्रकी ८० वर्षीया उम्मेदवार कानी चमार ९१ मतले विजयी भइन् । उनले एमालेकी संगीता सोनकरलाई ९१ मतान्तरले हराइन् ।

पराजित वृद्ध उम्मेदवार

९८ वर्ष : विष्णुबहादुर रावल (कांग्रेस) वडाध्यक्ष ः दुर्गाथली गाउँपालिका–३, बझाङ प्राप्त मत ः २०

८९ वर्ष : देवकुमार भारती (स्वतन्त्र) प्रमुख ः शिवराज नगरपालिका, कपिलवस्तु प्राप्त मत ः २६७

८९ वर्ष : ललिराम थारू (राप्रपा) सदस्य ः बैजनाथ गाउँपालिका–४, बाँके प्राप्त मत ः ३५

८७ वर्ष : हिरामणि शर्मा पोख्रेल (स्वतन्त्र) वडाध्यक्ष ः इटहरी उपमहानगरपालिका–५, सुनसरी प्राप्त मत ः ३

८७ वर्ष : दिलबहादुर राई (स्वतन्त्र )  वडाध्यक्ष ः जन्तेढुंगा गाउँपालिका–२ खोटाङ प्राप्त मत ः ८

८७ वर्ष : टेकबहादुर मगर (राप्रपा) सदस्य ः खाल्सा छिन्ताङ सहिदभूमि गापा–७, धनकुटा प्राप्त मत ः १७

८६ वर्ष : जसोधरा चमारनी (लो. फोरम) दलित सदस्य ः गुलरिया नगरपालिका–३, बर्दिया प्राप्त मत ः ७२

८५ वर्ष : टेढे खाँ (राप्रपा) सदस्य ः नरैनापुर गाउँपालिका–४, बाँके प्राप्त मत ः २१३

८५ वर्ष : प्राग चमार (राप्रपा) सदस्य ः महाराजगन्ज नगरपालिका–१०, कपिलवस्तु प्राप्त मत ः १०२

८४ वर्ष : चन्द्रवीर लिम्बू (नयाँ शक्ति) सदस्य ः मेन्छयायेम गाउँपालिका–३, तेह्रथुम प्राप्त मत ः ३

८४ वर्ष : डम्बरबहादुर राई (राप्रपा) अध्यक्ष ः फाकफोकथुम गाउँपालिका इलाम प्राप्त मत ः ११२

८४ वर्ष : गौहर खाँ (राप्रपा) वडाध्यक्ष ः खजुरा गाउँपालिका–७, बाँके प्राप्त मत ः १८०

८३ वर्ष : रघुनाथ रानाथारू (राप्रपा) सदस्य ः धनगढी उपमहानगर–१०, कैलाली मतगणना बाँकी

८३ वर्ष : कर्णबहादुर बम (माओवादी केन्द्र) सदस्य ः दुहुँ गाउँपालिका–४, दार्चुला प्राप्त मत ः १२६

८३ वर्ष : इन्द्र बोहरा (राप्रपा) वडाध्यक्ष ः डिलासैनी गाउँपालिका–२, बैतडी प्राप्त मत ः ४९

८३ वर्ष : गुर्रे अहिर (संघीय समाजवादी फोरम) वडाध्यक्ष ः कोटहीमाई गाउँपालिका–२, रुपन्देही

८३ बर्ष : खेमराज पोखरेल (कांग्रेस) वडाध्यक्ष ः इनरुवा नगरपालिका–५, सुनसरी प्राप्त मत ः ९७६

८३ वर्ष : रामप्रसाद पन्थी (कांग्रेस) सदस्य ः मालारानी गाउँपालिका–३, अर्घाखाँची प्राप्त मत ः ५८

८२ वर्ष : ताराप्रसाद पन्थी (राप्रपा) वडाध्यक्ष ः मालारानी गाउँपालिका–८, अर्घाखाँची प्राप्त मत ः ६

८२ वर्ष : टेकनारायण शर्मा (जनमोर्चा) सदस्य ः वाणगंगा नगरपालिका–११, कपिलवस्तु प्राप्त मत ः २२

८२ वर्ष : हंसी सार्की (एमाले) दलित महिला सदस्य ः हिमाली गाउँपालिका–४, बाजुरा प्राप्त मत ः १६४

८२ वर्ष : तेजबहादुर विष्ट (राप्रपा) सदस्य ः जानकी गाउँपालिका–८, कैलाली प्राप्त मत ः ३०

८२ वर्ष : तुलसीराम शर्मा (राप्रपा) सदस्य ः देवदह नगरपालिका–५, रुपन्देही प्राप्त मत ः ६७

८२ वर्ष : कोइली चमार (राप्रपा) दलित महिला सदस्य ः मायादेवी गाउँपालिका–१, रुपन्देही प्राप्त मत ः ५४७ (विजयी)

८२ वर्ष : खड्गबहादुर कार्की (राप्रपा)  वडाध्यक्ष ः गौरादह नगरपालिका–४ झापा प्राप्त मत ः १९८

८० वर्ष : गोलीदेवी कामी (माओवादी केन्द्र) महिला सदस्य ः पञ्चेश्वर गाउँपालिका–६, बैतडी प्राप्त मत ः ७४

८१ वर्ष : देवसिंह धामी (स्वतन्त्र) अध्यक्ष ः सिगास गाउँपालिका, बैतडी प्राप्त मत ः ९

८१ वर्ष : पदमबहादुर यङ्या (राप्रपा) वडाअध्यक्ष ः याङवरक गाउँपालिका–३, पाँचथर प्राप्त मत ः ३०

८१ वर्ष : पदमप्रसाद दाहाल (संघीय समाजवादी फोरम) सदस्य ः पथरी शनिश्चरे नगरपालिका–१०, मोरङ प्राप्त मत ः १७

८१ वर्ष : बाबुराम कार्की (कांग्रेस) वडाध्यक्ष ः चौदण्डीगढी नगरपालिका–२ उदयपुर प्राप्त मत ः ५३२

८१ वर्ष : रेवन्तबहादुर विष्ट (राप्रपा) प्रमुख ः तानसेन नगरपालिका, पाल्पा प्राप्त मत ः ५३

८१ वर्ष : पार्वती चमाइन (देशभक्त समाज) दलित महिला सदस्य ः मर्चवारी गाउँपालिका–२, रुपन्देही प्राप्त मत ः ३२९

८१ वर्ष : वीरसिंह सुनार (राष्ट्रिय जनमुक्ति पार्टी) सदस्य ः घोराही उपमहानगर–१३, दाङ प्राप्त मत ः १८

८१ वर्ष : भगौती थारु (राप्रपा) प्रमुख ः कोहलपुर नगरपालिका, बाँके मतगणना जारी ः पाँचौँ स्थानमा

८० वर्ष : पदमबहादुर राई (८०) सदस्य ः भद्रपुर नगरपालिका–९, झापा

८० वर्ष : नारायणप्रसाद खरेल (स्वतन्त्र)  भद्रपुर नगरपालिका–१, झापा

८० वर्ष : वासुदेव भण्डारी (कांग्रेस) सदस्य ः धनकुटा नगरपालिकामा–३, धनकुटा प्राप्त मत ः २०४

८० बर्ष : मलिम साफी मियाँ (माओवादी केन्द्र) सदस्य ः गढी गाउँपालिका–३ सुनसरी प्राप्त मत ः ८९

८० बर्ष : चौकबहादुर राई (कांग्रेस) वडाध्यक्ष ः साकेला गाउँपालिका–३ खोटाङ प्राप्त मत ः १५८

८० बर्ष :खडगबहादुर खत्री (राप्रपा )  वडाध्यक्ष ः खोटेहाङ गाउँपालिका–६ खोटाङ प्राप्त मत ः २

८० वर्ष : कासी चमार (बहुजन) वडाध्यक्ष ः रामग्राम नगरपालिका–१७, नवलपरासी प्राप्त मत ः १

८१ वर्ष : मानुल्लाह मुसलमान (कांग्रेस) वडाध्यक्ष ः यशोधरा गाउँपालिका–८, कपिलवस्तु प्राप्त मत ः ७८९

८० वर्ष : काली दमिनी (राप्रपा) दलित महिला सदस्य ः गढवा गाउँपालिका–५, दाङ प्राप्त मत ः ३५

८० वर्ष : कानी चमार (माओवादी केन्द्र) दलित महिला सदस्य ः जानकी गाउँपालिका–२, बाँके प्राप्त मत ः ५८८ (विजयी)

८० वर्ष : जंगबहादुर थारु (राप्रपा) सदस्य ः नेपालगन्ज उपमहानगर–१०, बाँके प्राप्त मत ः ५३२

८८ वर्ष : ननकउ खाँ पठान (परिवार दल) सदस्य ः जानकी गाउँपालिका–, बाँके प्राप्त मत ः २०

 





error: Content is protected !!