दुर्गम गाउँमा खोप क्लिनिक निर्माण भएपछि स्थानीय खुसी

जाजरकोट । यहाँको दुर्गम गाउँमा खोप क्लिनिक निर्माण गरिएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा १ मा करिव ३ लाख वरावरको आर्थिक तथा श्रमदानवाट सो भवन निर्माण गरिएको हो ।
वडा नं १ कै कृष्णवहादुर पुनले १० आना जग्गा निशुल्क उपलव्ध गराएपछि खोप क्लिनिक निर्माण गर्न वाटो खुलेको स्थानीय किरण थापाले वताउनुभयो । त्रिवेणी नलगाड नपाका मेयर टेकवहादुर रावलले एक औपतचारिक कार्यक्रमका साथ खोप क्लिनिकको औपचारिक उद्घाटन गर्नुभएको डाडागाउँ स्वास्थ्य चौकीका निर्मित स्वास्थ्य प्रमूख धीरेन्द्र घर्तीले वताउनुभयो । यो भन्दा अगाडी यहाँका सयौँ स्थानीयहरु खुल्ला आकाशमा वसेर खोपको सेवा लिईरहेका थिए । भवन निर्माण संगै यहाँका स्थानीयहरु घर नजिकै औषधी , स्वास्थ्यकर्मी पाएपछि निकै खुसी भएको वताएका छन् ।
नव निर्मित क्लिनिक उद्धघाटन गदैँ मेयर रावलले यहाँको स्वास्थ्य संस्थामा आवश्यक पर्ने स्रोत साधनको अभाव हुँन नदिने वताउनुभयो । अहिले उपलव्ध भएको सेवाले मात्र उहाँको आवश्यकता पुरा नहुँने भन्दै रावलले वाँकी सेवा विस्तारका लागि आफु जनताको साथमा भएको वताउनुभयो ।










