मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डलाई बालुवाटार निवासमा डाकेर मन्त्रिपरिषद् छिट्टै विस्तार गर्ने विषयमा छलफल गरे ।

आफ्नो समर्थनमा देउवा प्रधानमन्त्री चुनिएपछि प्रचण्ड पहिलोपटक बालुवाटार पुगेका हुन् । आजको कान्तिपुरमा खबर छ– दुई नेताबीच नयाँ सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारसहित दोस्रोे चरणको चुनाव सफलताबारे कुराकानी भएको प्रचण्डको सचिवालयले जनायो । राजपा नेताहरुले माग सम्बोधन नभएको भन्दै सरकारबाट समर्थन फिर्ताको चेतावनी दिइरहेका बेला त्यस्तो परिस्थिति सिर्जना भए के गर्ने भन्नेबारे कुराकानी भएको स्रोतले जनायो ।

‘प्रधानमन्त्री र अध्यक्षबीच थप गृहकार्य गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने र सरकार सञ्चालन एवं दुई पार्टी गठबन्धनलाई थप बलियो बनाउनेबारे कुरा भयो,’ प्रचण्ड सचिवालयका सदस्य मनहरि तिमल्सिनाले भने, ‘केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको छ ।





error: Content is protected !!