जाजरकोटमा पत्रकारिता तालिम सुरु

जाजरकोट ।  जिल्ला समन्वय समिति जाजरकोटको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ जाजरकोटको आयोजनामा तीन दिने पत्रकारिता तालिम जाजरकोट सदरमुकाममा सुरु भएको छ । पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंहले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । कार्यत्रक्रममा स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले जिल्लाको पत्रकारिता विकासका लागि महत्वपुर्ण सहयोग जारी रहने वताउनुभयो । त्यस्तै प्रशिक्षक तथा प्रेस यूनियानका केन्द्रिय सदस्य राजेन्द्र कार्कीले पत्रकारिताको ज्ञान हासिल गरेर समाज परिवर्तनमा लाग्न अनुरोध गनुभयो ।





error: Content is protected !!