लाइसेन्स पाउनै ३ महिना, यतातिर कसैको ध्यान गएन

काठमाडौँ – उपत्यकामा मात्रै नयाँ र नवीकरण गरी अहिले दैनिक झन्डै २ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग छ ।smart-license

तर, यातायात व्यवस्था विभागले माग धान्न सकेको छैन । स्मार्ट लाइसेन्स प्रतिदिन १५/१६ सय मात्र छापिने गरेको छ, कान्तिपुरमा खबर छ ।

त्यसमाथि ४ स्मार्ट कार्ड प्रिन्टरमध्ये एउटा बिग्रिएको छ । बिग्रिएको ८ महिना नाघ्दा पनि मर्मत गर्न कसैको ध्यान पुगेको छैन ।

यसले गर्दा ट्रायल उत्तीर्ण गरेकाले लाइसेन्स प्राप्त गर्न २-३ महिनाभन्दा बढी कुर्नुपर्ने अवस्था छ ।





error: Content is protected !!