खाद्यान्न अभाव तार्न हुम्लाका जनप्रतिनिधी सिंहदरवार

सुर्खेत  , सुर्खेतवाट कर्णालीको हुम्लामा नेपाल खाद्य संस्थानले खाद्यान्न ढुवानी कार्य ठप्प भएपछि हुम्लामा खाद्यान्न संकट पैदा भएको छ ।जेठ १६ गते सुर्खेतवाट चामल लिएर हुम्ला गएको नेपाली सेनाको स्काई ट्रक दुर्घटनामा परेपछि संस्थानले चामल ढुवानी गर्न सकेको छैन् ।
संस्थानको सुर्खेत कार्यालयका अनुसार ढुवानी व्यवस्थापनमा ढिलाइ हुँदा सडक सञ्जालले नछोएको सदरमुकाम सिमीकोटमा खाद्यान्न संकट देखा परेको हो ।
ढुवानी कार्य रोकिए संगै हुम्लामा बढीमा डेढ सय क्विन्टल मात्र चामल मौज्दात रहेको खाद्य संस्थानले जानकारी दिएको छ । हुम्लामा अहिले पर्यटकको संख्या अत्यधिक भएका कारण चामल लिन आउनेको संख्य पनि अत्यधिक भएपनि चामल नहुँदा रित्तो हात फर्कनु परेको हुम्लाका पत्रकार नरजंग वोहराले वताउनुभयो । गाउँमा पनि खाद्यान्न नहुँदा सदरमुकाम दैनिक स्थानीयहरु आएपनि खाली हात फर्कनुपर्दा आर्कोश व्यक्त गर्ने गरेका छन् ।
सुर्खेत कार्यालयले कर्णालीसहित दैलेख, बाजुरालगायतका जिल्लामा खाद्यान्न ढुवानीको व्यवस्थापन गर्दै आएको छ । सडक सञ्जाल नपुगेका जिल्लामा संस्थान र नेपाली सेनाबीचको सझौताअनुसार खाद्यान्न ढुवानी गर्दै आएको हो । अब संस्थानले हुम्लामा ३३ सय क्विन्टल चामल ढुवानी गर्न वाँकी रहेको छ । हुम्ला सदरमुकाम सिमकोट, खार्पुनाथ र नाम्का गाउँपालिकामा चर्को खाद्यान्न अभाव भएको छ ।
यहाँका जनप्रतिनिधीले तुरुन्त चामल पठाउने व्यवस्था मिलाउन माग गर्दै आपूर्ति मन्त्रालयका उच्च अधिकारीको ध्यानाकर्षण गराएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले वतानुभयो । जन्म, मृत्य ुसंस्कारसहित वृद्ध, बिरामी, सुत्केरीलाई खुवाउन चामल नभएकाले गम्भिर हुँन उहाँको भनाई छ । स्थानीय उत्पादनले ३ महिना खाना नपुग्ने यहाँका ग्रामीण वस्तीमा सरकारले सहुलियतामा उपल्वध गराएको चामल वाट छाक टार्ने सपना वोकेका स्थानीयहरु खाद्यान्न सरकारले समयमा नपुरयाउदा पिडामा परेको वताउनछन् ।
नेपाल खाद्य संस्थाका महाप्रबन्धक शिवहरि श्रेष्ठ र आपूर्ति मन्त्रालयका उच्च अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको समेत उहाँले वताउनुभयो । खाद्यान्न अभावमा यहाँका तीन गाउँपालिकाका करिब २५ हजार जनता प्रभावित भएकोले छिटो चामलको व्यवस्था गरिनुपर्ने उहाँको भनाई छ ।
हुम्लाका लागि सरकारले १० हजार क्विन्टल चामलको कोटा तोकेको छ । हुम्लामा खाद्य संस्थानले बिक्री गर्ने चामलको मूल्य ६० रुपैयाँ किलो पर्छ भने व्यापारीले ढुवानी गरेर लगेको एक सय ४३ रुपैयाँ किलोमा विक्री गदै आएका छन् । सडक सञ्जालले नछोएको हुम्लामा हवाई मार्गवाट मात्र ढुवानी कार्य हुँदै आएको छ । त्यस्तै जाजरकोटको वारेकोट गाउँपालिकामा पनि खाद्यान्न नहुँदा समस्या भएको छ । दैनिक स्थानयीहरु चामलको लागि खाद्य डिपो कार्यालय घाटमा आएपनि खाद्यान्न नहुँदा रित्तै हात फर्कर्ने गरेको वीरेन्द्र एश्वर्य उच्च मावि लिम्साका प्रचार्य गोरखवहादुर सिंहले जानकारी दिनुभयो । वजारको चामल महगोले छोई सक्नु छैन , संस्थानको कार्यालयमा चामल छैन अर्का स्थानीय प्रेम शाहीले गुनासो गर्नुभयो ।
हेमन्त के सी रासस सुर्खेत

 





error: Content is protected !!