जिल्ला अस्पताल जाजरकोटले जरो आएका विरामीलाई लुतोको औषधि दियो

जाजरकोट । सरकारी स्वास्थ्य सेवा प्रभावकारी वनाउन सरकारले थुप्रै सेवा विस्तार गरेको छ , नागरिकको स्वास्थ्यलाई प्रभावकारी वनाउन स्वास्थ्य जिवन विमा कार्यक्रम समेत जाजरकोटमा शुरु भएको छ १५ शैयाको जिल्ला अस्पताल ५० शैयामा रुपान्तिरित भएको छ , हिजो आज डाक्टर पनि ६,७ जना खालि हुदैनन् तर सेवा भने विगतको तुलनामा झन कम्जोर वन्दै गैरहेको नागरिकहरुल्ो वताउन थालेका छन ।
एउटा डाक्टर हुदा जति व्यवस्थित हुन्थ्यो त्यो भन्दा ६,७ जना डाक्टर हुदा लथालिग हुने गरेको स्थानीयको भनाइ छ , कार्यालयमा उचित व्यवस्थापन हुन नसक्दा यस्तो भएको शरोकारवालाहरु वताउने गरेका छन ।

जिल्ला अस्पतालमा विरामी लैजाने सडक जोखिम युक्त छ , त्रिभुवन मावि देखि अस्पताल गेट सम्मको वाटोमा जति वेला पनि दुर्घटना ग्रस्त हुन सक्कने भएकोले सडकमा एम्वुलेन्स लगाएतका साना गाडि जोखिममा चलाउनु परेको छ , नजिकै नगरपालिका छ तर चासो दिन सकेको छैन
अस्पतालमा पहिले पहिले घाउमा ड्सिगं गरेको निशुल्क हुन्थ्यो हिजो आज घाउ सफा गर्न जादा समेत डिउटिमा वसेकाले ५० देखि १०० रुपैया माग्ने गरेका छन , डिउटिमा वसेका ओजिटि स्टाफ हुन या कर्मचारी पैसा माग्छन रसिद दिदैनन् यस्तै यस्तै समस्या वाट ग्रसित वन्दै गएको छ जिल्ला अस्पताल जाजरकोट ।
५० शैयाको सेवा सुविधान आए पनि उचित व्यवस्थापन हुन सकेको छैन काम गर्दा व्यवस्थापन पक्ष निकै फितलो देखिने गरेको छ , यस्तै जरोको विरामीलाई लुतोको औषधि समेत दिएका खवरहर वाहिर आएका छन , जिल्ला अस्पताल व्यवस्थापन पक्षले यस वारे गम्भीर हुन जरुरी रहेको समाजिक संजालमा नागरिकले प्रतिक्रिया दिएका छन । आजको पाइला न्युज डट कममा खवर छापिएको छ ।





error: Content is protected !!