डोल्पाका झन्डै दर्जन अनाथ बालबालिका सहारा विहिन

डोल्पा । डोल्पाका दुर्गम गाँउका झन्डै एक दर्जन अनाथ बालबालिकाहरु सहारा विहिन भएकाछन् । मुख्य अभिभाबकनै गुमाएपछि लालन पालन तथा शिक्षा स्वास्थ्यको अवस्था नाजुक बन्दै गएपछि उनीहरु बेसहारा बनेका हुन् । उनीहरु मध्ये कसैको आमा छैन भने कसेको बुबा छैनन्,कसैले त दुईवटै अभिवक गुमाउनको पिडा छ । सहारा विहिन भएकै कारण शिक्षा,स्वास्थ्य मनोरञ्जन लगायतका अधिकारबाट समेत बञ्चित हुनुपरेको छ उनीहरुलाई ।
अभिभाबक गुमाएपछि त्रिपुरा सुन्दरी नगरपालिका पहाडाका करिश्मा केसी ,सोही नगरपालिकाकै बिपिन थापा,सुरेश बुढा,कर्णचन्द्र बोहोरा,नवराज शाही,रुपलाल थापा,बुधे कुलाल,कल्पना सार्की तथा ठुली भेरी नगरपालिकाका रमिता बुढाको पढेर ठुलो मान्छे बन्ने धोका अधुरै रहने भएको छ । “हाम्रा संरक्षकहरुको आर्थिक अवस्था निकैनै कमजोर छ,गरिबीका कारण कापी,किताब कलम जस्ता शैक्षिक सामाग्रीको उपलब्ध गराउन नसकेकै कारण पढाई लाई तिलाञ्जली दिनुपर्ने बाध्यता छ” उनीहरुले एउटै स्वरमा भने “यदि कुनै पनि संघ संस्थाले हामिलाई पढ्ने वाताबरण मिलाई दिएको भए पढेर ठुलो मान्छे बन्ने सपना साकार हुने थियो ।”
उनिहरु अहिले त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा नं १ दिलमाया बिष्टको घरमा रहेकाछन् ।
“पढ्ने चाहाना भएर पनि स्कुल जान नपाएका ति अनाथ बालबालिकालाई पढ्ने बाताबरण मिलाई दिन घरमा ल्याएको थिए,व्यक्तिगत रुपमा एक बर्षसम्म सम्पुर्ण व्यबस्था गरेर पढाई लेखाई गराएँ अब नसक्ने अवस्था छ,उनिहरुका लागि खाद्यान्न देखि लत्ता कपडा कापी कलम लगाएतका सामाग्रीको लागि व्यबस्था गरिदिन आग्रह गरेपनि कसैले पनि सहयोग गरेको छैन् संरक्षण बिष्टले बताईन् ।“मेरो कुनै पनि आयस्रोत छैन्, अहिले उनिहरुको गासको समेत व्यबस्था गर्न धौ भएको छ “कुनै दातृनिकाय हेरिदिएको भए ति असाय बालबालिकाको उद्धारहुने थियो” संरक्षक बिष्टले थपिन् ।
“म १२ बर्षकी भए,कक्षा ८ मा नजिकैको सरकारी बिद्यालयमा पढ्छु ,मेरा आमा बुवा बित्नुभया,अहिले भिनाजुको सहारामा बसेकी छुु”त्रिपुरा सुन्दरी नगरपालिका–१ बस्ने कल्पना सार्कीले भनिन्“भिनाजुको आर्थिक अवस्था कमजोर भएकाले सामान्य कापी कलम किन्ने अवस्था समेत छैन्,पढ्ने मन हुँदाहुँदै पनि चाहेर पनि पढ्न नसक्ने अवस्था छ,उनले भनिन् ।
घरको कामले गर्दा नियमित स्कुल जान पाईदैन् यदि कसैले पढ्ने ब्यवस्था मिलाई दिएकोभए पढेर ठुलो मान्छे बन्ने चाहान छ उनले गहभरी आँसुपार्दै भनिन् ।त्यस्तै त्रिपुरा सुन्दरी १ कै बुधे कलाको अवस्था समेत झनै दर्दनाक छ “बुवा सानैमा बिते,घरका आमा एक्लै हुनुहुन्छ पढ्ने चाहाना त छ के गर्ने घरमा बिहान बेलुक छाक टार्न धौ हुन्छ,शरीर ढाक्नका लागि अर्कै सँग मागेर ढाक्नु पर्ने अवस्था छ कसरी बिद्यालय गएर पढ्नु”उनले भने यि दश बर्षका कलिला हातले कापी कलमको साटो पेट भर्नकै लागि अर्काको मजदुरी गर्नु पर्दछ भाबुक हुँदै भने ।
मेरो उमेरका साथीहरु बिद्यालय जान्छन्,राम्रो लाउन पाएका छन्,मिठो खान पाएकाछन् आफुभने पेट भरी खान पाँईदैन् उनले थपे ।रामचन्द्र न्यौपाने







