संरक्षणको अभावमा ११ बर्षिय बिन बहादुर सिंह

 

जाजरकोट । बारेकोट गाउँपालिका–८ लैखमका ११ बर्षिय बिनबहादुर सिंह बोल्न पनि नसक्ने र कान पनि नसुन्ने जन्मजात अपाङ्ग हुन् । जन्मजात अपाङ्ग बिनबहादुर सिंह जन्मेको एक बर्ष पुग्दा नपुग्दै बाबु गुमाई सकेका बालक हुन् । सिंह जन्मेको दुई बर्ष पुग्दा नपुग्दै आमाले दोश्रो बिबाह गरेपछि आमा ,वावाको मायावाट बन्चित भएका बालक हुन् ।
संरक्षणको अभावमा ११ बर्षिय बिनबहादुर सिंह सड्क चहार्न बाध्य भएका छन् । साँकेतिक भाषामा बोल्न सक्ने बिनबहादुर कान नसुन्ने भएपछि आवाजले उहाँलाई कुनै काम गर्न सकिरहेको छैन् । बुवा लोकबहादुर सिंह बितेको एक बर्ष पुग्दा नपुग्दै आमा मन कुमारी सिंहले अर्कैसंग बिबाह गरेपछि अपाङ्ग बालक अलपत्र परेका हुन् । उहाँको १५ बर्षिय जेठी दिदी प्रेममाया सिंह आमाको घरमै बसेर कक्षा ६ मा अध्ययन गरिरहेकी छन् भने, १३ बर्षिय कान्छी दिदी पुष्पा सिंह मामाको घरमा बसेर कक्षा ५ मा अध्ययन गरिरहेकी छन् ।
गाउँलेहरुको सहयोगमा गत बर्ष अपाङ्गताको परिचय पत्र लिन भनेर जिल्ला सदरमुकाम खलंगा पुगेका बिनबहादुर सिंहलाई अपाङ्गता परिचय पत्र लिनका लागि डाक्टरको सिफारिस चाहिने परिचय पत्र दिने महिला तथा बालबालिका कार्यालयले वताएको थियो । डाक्टरको सिफारिस लिन भनेर जिल्ला अस्पताल पुगेका बिनबहादुरलाई जिल्ला अस्पतालले कान नसुन्ने, र बोल्न नसक्ने अपाङ्गताको लागि डाक्टरले सिफारिस गर्नका लागि स्वास्थ्य चेक जाँच गर्नै पर्ने वताएको थियो । डाक्टरले सिफारिस दिन नमाने पछि बिनबहादुरको अपाङ्गता परिचय पत्र बन्न सकेको छैन ।

बिनबहादुरको बाजेको नाममा रहेको पुर्खेली २४ रोपनी जग्गा ४५ सालको नापीमा जग्गा नापी भएको भएता पनि हाल सम्म लालपुर्जा भने, बन्न सकिरहेको छैन । नापी भएको तर, जग्गा धनी पुर्जा बन्न नसकेको जग्गा जमिन बुवाको पाला सम्ममा चलनभोग गर्दै आएको भएता पनि हाल उक्त जमिन प्रयोगमा रहन सकेको छैन । गतबर्ष गाउँलेहरुको सहयोगमा लालपुर्जा लिन भनेर जिल्ला मालपोत कार्यालयमा पुगेका बिनबहादुरलाई ५५ हजार रुपैया राजश्व बुझाएपछि लालपुर्जा लिन सक्ने जिल्ला मालपोत कार्यालयले वताएपछि संरक्षण अभावमा रहेका बिनबहादुरले ५५ हजार राजश्व जम्मा गर्न नसकेपछि जिल्ला मालपोत कार्यालयवाट लालपुर्जा पाउन सकेका छैनन्




सम्बन्धित समाचार


error: Content is protected !!