काँग्रेस बाँकेलाई ठूलो क्षती: युवा सहित महासमिती सदस्य अमर खड्का माओवादीमा प्रवेश

नेपालगन्ज ।

18951309_1667894729907143_5390731072406128051_n

नेपाली काँग्रेस बाँकेका युवा नेता तथा महासमिती सदस्य अमर खड्का माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर माओवादी केन्द्र बाँकेले खड्का सहित अन्य १ दर्जन युवाहरुलाई स्वागत गरेको थियो ।

नेपाली काँग्रेस बाँकेका पुर्व संगठन प्रमुख समेत भइसक्नुभएका खड्का लगायत दर्जनबढि जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरूलाई माओवादि केन्द्रका बाँके ईन्चार्ज महेश्वर गहतराज अथक, जिल्ला संयोजक आईपि खरेल र नेपालगन्ज उप–महानगरपालिकाका मेयर पदमा उम्मेद्वार दामोदर आचार्यले संयुक्त रूपमा अबिर तथा खादा ओढाएर पार्टि प्रवेश गराउनुभएको थियो ।

गौरब श्रेष्ठ, बिक्रम शाही, दीपक केसी, शम्भु बुढाथोकी, शंकर बुढाथोकी, बिष्णु चिडिमार लगायतका युवाहरुसमेत नेपाली काँग्रेस परित्याग गरेर माओवादी केन्द्रमा समाहित भएका छन् ।

निर्वाचनको मुखमा प्रभावशाली नेता माओवादी केन्द्र प्रवेश गरेपछि काँग्रेसको राप्तीसोनारी गाउँपालिका रहेको जनाधारमा मात्र नभई जिल्लामै धक्का पुग्ने सम्बद्ध नेताहरुले दाबी गरेका छन् । त्यसैगरि नेपालगन्ज उप–महानगरपालिकाका ईन्चार्ज अतहर हुसेन फारूकिले हँसिया हथौडा अंकित टिसर्ट लगाइदिनुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नव प्रवेशी अमर खड्काले समय अनुसार देशको आमुल परिवर्तन गर्न सफल माओवादिको एजेण्डा मन परेकाले माओवादीमा प्रवेश गरेको बताउनुभयो ।

उहाँले आफ्नो पुर्खा काँग्रेस भएकाले विगतमा जय नेपाल भनेपनि अब लालसलाम भन्दै बाँकेमा माओवादिको एजेण्डा स्थापित गर्न दृढ भएर लाग्ने प्रतिवद्दत समेत व्यक्त गर्नुभयो । माओवादी केन्द्र बाँकेका इन्चार्ज अथकले केहीदिनभित्रै पार्टीको बैठक बसी खड्कालाई उचित जिम्मेवारी दिने बताउनुभयो ।

माओवादी केन्द्रकी केन्द्रिय सदस्य कृष्णा केसी नमुनाले सञ्चालन गरेको पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको ठूलो सख्ङ्यामा उपस्थिती रहेको थियो ।

 




सम्बन्धित समाचार


error: Content is protected !!