श्रेष्ठ बने नयाँ शिक्षामन्त्री

काठमाडौं – निवर्तमान शिक्षामन्त्री धनिराम पौडेलको विदाइसँगै नयाँ शिक्षामन्त्रीको रुपमा काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ आउनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रेष्ठ शिक्षामन्त्री बन्नुभएको हो । शिक्षाको खासै अनुभव नरहेका श्रेष्ठले उपप्रधानमन्त्री सहित शिक्षा मन्त्रालय सम्हाल्ने हुनुभएको छ ।

यस अघि बाणिज्य, वन र भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हालेको अनुभव भएपनि उहाँ पहिलो पटक शिक्षा मन्त्री बन्नुभएको हो ।संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत व्यवस्था गरेको सन्दर्भमा मन्त्री बन्नुभएको श्रेष्ठका अघिल्तिर नयाँ थिती र विधि बसाउनु पर्ने चुनौती छ । शिक्षा ऐन जारी भएको १ बर्ष सम्म शिक्षा मन्त्रालयले नियमावली समेत बनाउन नसकेको अवस्थामा श्रेष्ठका अघिल्तिर संविधानले गरेका शिक्षाका ब्यवस्था सहित शिक्षा ऐन कार्यान्वयन गर्नु पर्ने मुख्य जिम्मेवारी छ । शिक्षा नियमावली तत्कल पारित गरेर शिक्षा ऐन कार्यान्वयनमा लग्नुसाथै, विद्यालय कर्मचारी र प्रारम्भिक बालविकासक सहयोगी कार्यकर्ताको व्यवस्थापन प्रक्रिय अगाडी बढाउने मुख्य कर्यभार श्रेष्ठको काँधमा आएको छ ।

को हुन् श्रेष्ठ ?
नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठ स्याङजा क्षेत्र नं.१ बाट विजयी सभासद हुनुहुन्छ। ३ छोरा र ६ छोरी सहित नौ जना सन्तानका पिता श्रेष्ठ २०४८ र २०५६को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । उहाँले भौतिक योजना तथा निर्माण मन्त्री, वन तथा भूसंरक्षण मन्त्री र उद्योग मन्त्रीको जिम्मेदारी सम्हालि सक्नुभएको छ । काँग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका श्रेष्ठ नेपाली काँग्रेस(प्रजातान्त्रिक) का कार्यवाहक सभापति हुनुहुन्थ्यो

। २०१७ सालदेखि, विद्यार्थी अवस्थाबाटै प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील श्रेष्ठ २०३६को जनमतसंग्रह,२०४२को सत्याग्रह,२०४६को जनआन्दोलन र २०६२÷६३को दोस्रो जनआन्दोलनका सक्रिय सहमागी हुनुहुन्थ्यो। लोकतन्त्र स्थापनाको आन्दोलन र शान्ति प्रक्रिया अघि बढाउने कार्यमा उहाँले अग्रपंक्तिमा रहेर काम गर्नुभएको छ । अर्थशास्त्रका स्नातक गोपालमान श्रेष्ठको राजनीति वाहेकको पेशा व्यापार हो र उहाँ रेडक्रसका आजीवन सदस्य समेत हुनुहुन्छ । राजनैतिक यात्राका क्रममा साढे पाँच वर्ष जेलमा विताएका श्रेष्ठको रुचि समाजसेवामा पनि छ । प्रजातन्त्रका लागि निरन्तर गरेको संघर्षले आफूलाई संविधानसभामा र्पुयाएको ठान्ने श्रेष्ठ सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र आदिवासी,जनजाति,महिला लगायत सबै पिछडिएका वर्गको उत्थानका लागि जोडदार आवाज उठाउने कुरामा प्रतिवद्ध हुनुहुन्छ ।

सुरक्षित विद्यालय नीति निर्माणका लागि कार्यदल गठन
नवनियुक्त शिक्षामन्त्री श्रेष्ठले पदभार ग्रहण गरेसँगै सुरक्षित विद्यालय नीति निर्माणका लागि कार्यदल गठन गर्नुभएको छ । श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त विद्यालयनिर्माणका लागि सुझाव दिन भन्दै सह–सचिवको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!