गरिवी निवारणका सामाजिक परिचालकलाई लेखा व्यवस्थापन तालिम

जाजरकोट । यहाँका गरिवी निवारण कोष र यसमा आवद्ध साझेदार संस्थाका कर्मचारीलाई लेखा व्यवस्थापन तथा घुम्ती कोष व्यवस्थापन तालिम दिईएको छ । ४ दिन सम्म चलेको यो कार्यक्रममा ३६ जना सहभागिले तालिम लिएका थिए । देशै भरी ५५ जिल्लाका कर्मचारीलाई दिईएको यो तालिम जाजरकोटमा पनि दिईएको हो । हिसाव तुस्त ,दुरुस्त राख्न र परिचालन का सहज रुपमा होस भनी यहाँका कर्मचारीलाई तालिम दिइएको हो । सहभागीले यहाँ सिकेको कुरा आफ्नो कार्यक्षेत्रमा लागु गर्ने वताएका छन् । यो तालिम दिएपछि काम गर्ने जागर अझ वढेको सहभागी श्रमवहादुर सिंहले वताए । कार्यक्रमका अध्यक्ष स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले तालिममा सिकेका कुरा कार्यक्षेत्रमा गएर प्रयोग गर्ने आशा व्यक्त गरे । उनले जिल्ला समन्वय समितिवाट यो कार्यक्रमलाई सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।







