सहलगानी आयोजनामा सरकारले ७ प्रतिशत वेहोर्ने

       जाजरकोट । जाजरकोट लगाएत देशका विभिन्न दुर्गम क्षेत्रमा निर्माण हुँन लागेका खानेपानीका आयोजनमा जनताले उठाउनुपर्ने ७ प्रतिशत रकम सरकारले व्याहोर्ने भएको छ ।
पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले दिएको जानकारी अनुसार १० प्रतिशत सह लगानी मध्य ७ प्रतिशत सरकारले वेहोर्ने र ३ प्रतिशत मात्र जनताले उठाउने पर्ने छ । यो भन्दा अगाडी १० प्रतिशत रकम जनताले नै उठाउनु पर्दा योजना समयमै निर्माण नहुनुका साथैँ निर्माणमा ढिलाई हुँने गरेको थियो । जाजरकोट सदरमुकाममा निर्माण हुँन लागेको वृहत खानेपानी आयोजनाको रकम अव यहाँका जनताले ३ प्रतिशत मात्र वेहोर्नु पर्ने छ ।
वाँकी ७ प्रतिशत सहलगानी राज्यले नै व्याहोने वस्नेतले वताउनुभयो । करोड भन्दा वढी रकम जनताले उठाउनुपर्ने वाध्यता रहेको मा अव अन्त्य भएको वृहत खानेपानीका अध्यक्ष वसन्तप्रसाद शमाले वताउनुभयो । निकै ठुलो मेहनत पछि मात्र सरकारले ७ प्रतिशत लगानी आफैले गर्ने भएको वस्नेतले वताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!