जाजरकोट बारेकोटका एक आशा लाग्दा एवं उदाउँदा युवा-महेन्द्र शाह

       

जाजरकोट – एमाले र काँग्रेसको समीकरण भएपनि माओवादीले चुनाव जित्न सक्ने बारेकोट गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित भएका महेन्द्रबहादुर शाहको जित प्रति धेरैले प्रश्न गरे—उनले कसरी चुनाव जिते ? पार्टीका अन्य अग्रज नेताहरु हुदा हुदै सबैले नेपाली काँग्रेसबाट महेन्द्रलाई गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनाए ।

अध्यक्षमा आफूले जित्छु जस्तो शाहलाई विश्वास पनि थिएन । तर अन्त्यमा निर्वाचन परिणाम उनकै पक्षमा आयो । बारेकोट गाउँपालिकाकाको १, ६ र ८ वडामा झिनो मतको अन्तरले वडा सदस्य बाहेक अन्य वडा र उपमेयरमा समेत पराजित भएको बेला महेन्द्रले भने १९ मतको अन्तरले नेकपा माओवादी केन्द्रका उम्मेदवार तिलक रावतलाई पराजित गरे ।

उनको जित बारेकोट गाउँपालिका वडा नं. ८ का नारायण गौतम भन्छन्, ‘महेन्द्रले पार्टीको भोटले भन्दा बढी व्यक्तिगत भोटले जितेका हुन् । उनले युवा बृद्ध सबैले निकै सक्षम र केहि गर्न सक्ने युवाको रुपमा जनताले पार्टी नभनी महेन्द्रको व्यक्तित्व र क्षमता हेरेर जिताएको बताए । महेन्द्रलाई एमाले माओवादीका युवाहरुले निकै साथ दिएर जिताएको उनले बताए ।

२०५६ सालमा वीरेन्द ऐस्वर्य मावि लिम्साबाट एस.एल.सी. पास गरेका महेन्द्रबहादुर शाह भेरी ज्ञानोदय क्याम्पसमा आई.ए.पढ्ने बेला सम्म कुनै राजनैतिक दल या तीनका भातृ संगठनको राजनीतिमा सक्रिय थिएनन् । आईए.पास गरेर स्नातकको पढाई सुरु गरेपछि उनि २०५९ सालमा नेपाल विद्यार्थी संघको सचिव भए । २०६३ सालमा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष बनेका शाह छोटो समयमा जिल्लाको राजनीतिमा गुणात्मक फड्को मारेका एक आशा लाग्दा युवा नेताको रुपमा परिचित हुन पुगे ।

२०६४ मा भएको संविधान सभाको पहिलो निर्वाचनका बेला काँग्रेसकी उम्मेदवार चिन्ताकुमारी वाग्लेको प्रचारमा जिल्लाका १५ वटा गाविसमा भाषण गर्दै हिडेका उनलाई त्यही गाउँ यात्रा राजनीतिमा सफल हुने माध्यम पनि बन्यो । २०६५ साल देखि विद्यार्थी राजनीति संगै स्थानीय पाँचतारा युवा संरक्षक मन्चको बाल अधिकार संक्षरण कार्यक्रममा अधिकृतको रुपमा ३ वर्ष काम गरेका शाह २०६८ पछि ५ वर्ष अर्काे एक संस्थामा गरिबी निवारण कोषको कार्यक्रम संयोजक भएर पनि काम गरे ।

शाह अहिले नेपाली काँग्रेस जाजरकोट क्षेत्रिय समितिको सभापति पनि हुन् । नेविसंघ जिल्ला अध्यक्षपछि जिल्लाको राजनीतिमा प्रभावशाली युवाको रुपमा परिचय बनाउँदै गएका शाह १२ औं महाधिवेशनमा क्षेत्रिय सचिवमा निर्वाचित भए भने १३ औं महाधिवेशनमा क्षेत्रिय सभापति भए । नेपाली काँग्रेसको जिल्ला राजनीतिमा निकै प्रभाव राख्ने ३२ वर्षीय शाह केन्द्रमा पहुँच भएको एक नेता मध्य पर्छन् । समाज शास्त्रमा स्नात्तकोत्तर गरेका शाहले केही महिना अघि स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरको निर्णयबाट जाजरकोट अस्पताल विकास समितिको अध्यक्ष भएपछि निकै सुधारको कामको थालनी गरे । उनि अस्पताल विकास समितिको अध्यक्ष नियुक्त हुँदा पनि धेरै अस्पतालमा योग्य व्यक्ति आएको भन्दै चर्चा गरेका थिए ।

 

भविष्यमा प्रधानमन्त्री बन्ने लक्ष्य बोकेका महेन्द्र काँग्रेसका लागि मात्र नभए पुरै जाजरकोटी जनताको आशाको केन्द्र भएको युवाहरु बताउछन् । सामान्य परिवारका महेन्द्रको परिवार सुरु देखि नै काँग्रेस प्रति आस्थावान भएपनि जिल्ला वा गाउँको नेतृत्वमा उनको परिवारबाट कोही पुगेको छैन । एमाले र माओवादीको अखडा नै रहेको बारेकोट गाउँपालिकामा अध्यक्ष निर्वाचित भएपछि शाहले भने मलाई यहाँका जनताले पार्टी भन्दा पनि गाउँ ठाउँको लागि केहि गर्न सक्छ भनेर जिताएको बताए ।

जनताको विश्वालाई अबको ३ वर्ष भित्र केहि गरेर देखाउने उनले बताए । जिल्लामा यातायातले नछोएको एक मात्र गाउँपालिका बारेकोट गाउँपालिका हो साथै विकास र सम्बृद्धिको निकै राम्रो सम्भावना भएको यस गाउँपालिकाको विकासका लागि स्थानीय श्रोतको परिचालन र प्राकृतिक श्रोतहरुको उचित सदुपयोग गरि यहाँका जनताको रोजगारी र विकास प्रतिको सपनालाई पुरा गराउने आफ्नो लक्ष्य रहेको उनले बताए । रेडपाण्डाको संरक्षण गरि पर्यटक बढाउने, फलाम लगाएतका खनिजहरुको उत्खन्न तथा संरक्षण गरि यहाँको जनताको आयस्तर बृद्धि गर्ने योना बनाएको छु उनले भने । बारेकोट गाउँपालिकाका साविकका चारवटै गाविसहरुमा मोटरबाटो पाँच वर्ष भित्र पुर्याउने योजना आफनो रहेको उनले बताए ।

पूरा गर्न नसक्ने र गर्न नसक्ने काम गर्छु भन्दिन तर मैले जिल्लाको सबै भन्दा विकट यो बारेकोट गाउँपालिकाका जनताका लागि ५ वर्षे कार्यकाल सम्बृद्धिको कार्यकाल बनाउछु । जनतामा परिवर्तनको अनुभुति हुने गरि केहि गर्छु । जनतालाई धेरै बोलेर केहि नगर्नु भन्दा गरेर देखाउनु ठूलो कुरा हो उनले भने

ekhabaronline




सम्बन्धित समाचार


error: Content is protected !!