गाउपालिकाका अध्यक्ष माथी भ्रष्टा«चारको आरोप लगाउँदै तालावन्दी

जाजरकोट । जन प्रतिनिधीले नै विद्यालयमा अनिययमितता भएको भन्दै शिवालय गाउँपालिकाका वडा नं ६ का स्थानीय यहाँको ईन्द्रज्योति मावि मा तालावन्दी गरेका छन् । विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको , विभिन्न शिर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमवार देखि विद्यालयमा तालावन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णवहादुर शाहीले वताउनुभयो ।
विद्यालयमा तालावन्दी गदैँ तत्कालिन प्रधानाध्यापक तथा हालका शिवालय गाउपालिकाका अध्यक्ष नरेन्द्र शाही माथि लाखै रकम अनियमितता गरेको आरोप लगाएको छ । २०६८,६९ सालमा साविकको गाउविकास समिति थालारैकरवाट उच्च मावि सञ्चालनका लागि ल्याईएको रु १२ लाख ९७ हजार उच्च मावि सञ्चालन नगरि अनियमितता भएको आरोप लगाएको छ । त्यस्तै २०७२ ,७३ मा सांसद रिता रावल ले सांसद विकास कोष मार्फत उपल्वध गराएको रु १ लाख ७२ हजार रुपैया फर्निचर निर्माण नगरि हिनामिना भएको आरोप लगाएको छ । फिल्ड निर्माणका लागि खेलकुद विकास समितिद्धारा उपलव्ध गराएको रु १० लाख रुपैयाको काम नगरि अनियमितता गरेको आन्दोलनकारीले आरोप लगाएका छन् ।
२०७३ ,७४ मा गाविसवाट विद्यालयको भवन निर्माणका लागि ल्याएको रु ३ लाख रकम काम नगरि झवाम पारेको , २०७१ साल देखि अहिले सम्म प्रतिविद्यार्थी रु ३ हजारका दरले प्रमाणपत्र लिए वाफत उठाएको रकम विद्यालयको खातामा नभएको समेत आरोप लगाएको छ । यस विद्यालयका तत्कालिन प्रधानाध्यापक नरेन्द्र शाहीले अहिलेका प्रअ निमवहादुर खत्रीलाई खाता,हिसाव अहिले सम्म उपलव्ध नगराएको समेत आन्दोलनकारीले आरोप लगाएका छन् । तालावन्दी गर्नुको कारण जिल्ला प्रशाषण कार्यालय , शिक्षा कार्यालय समेत जानकारी गराएको र सवै कुराको हिसाव नहुन्जेल सम्म ताला नखोल्ने संर्घष समितिका संयोजक कृष्णवहादुर शाहीले वताउनुभयो ।
धेरै पटक हिसाव माग्दा मतलव नगर्दा वाध्य भएर तालावन्दी गर्नुपरेको शाहीले वताउनुभयो । चुनाव हारेको भरमा म माथी आरोप लगाएको अध्यक्ष नरेन्द्र शाही ले वताउनुभयो । केही काम वाँकी काम हुँदै गरेको उहाँले वताउनुभयो ।







