मन्त्री छान्न बसेको माओवादी हेडक्वार्टर बैठकमा शक्तिले शक्ति देखाएपछि‘ सवै चुप ?

     काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीभित्र मन्त्रीका लागि तँछाडमछाड गर्ने प्रवृत्ति बढेको भन्दै हेडक्र्वाटर बैठमा कडा आपत्ति जनाएका छन् ।

बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बस्नेतले आफू मन्त्रीका लागि लुछाचुँडी गर्ने पक्षमा नरहेको भन्दै अन्य नेतालाई समेत त्यस्तो नगर्न भने ।

‘हामी तेश्रो पार्टीमा झर्दासम्म चेत खुलेन भने कहिले खुल्ने ? बस्नेतको भनाइ उद्धृत गर्दै बैठक श्रोतले भन्यो, ‘मन्त्री केही पनि होइन, पार्टी बनाउन लाग्नुप¥यो ।’ बस्नेतले आफू देउवा सरकारमा मन्त्री नहुने समेत घोषणा गरे । देशभरका कार्यकर्ता, समर्थक र मतदाताले पार्टी नेताहरुका गतिविधि र व्यवहारको सुक्ष्म अध्ययन गरिरहेको भन्दै उनले पदका लागि मरिहत्ते गर्ने प्रवृत्ति छाड्नुपर्ने बताए ।

खास गरी गृहमन्त्रीमा धेरै नेताको दाबी परेपछि बस्नेत बोलेका हुन् । उक्त मन्त्रालयमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, जनार्दन शर्मा, अग्नि सापकोटालगायत नेताको दाबी थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री रहेका शर्मालाई गृहमन्त्री बनाउने निर्णय गरेको छ । बैठकमा बस्नेतले उपप्रधानमन्त्री नलिई शर्माकै नेतृत्वमा नयाँ टिम पठाउनु पर्ने प्रस्ताव समेत गरेका थिए । यद्यपि पार्टीको निर्णय मानेर जानुपर्ने उनको भनाइ थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!