माओवादीले टुंगो लगायो तीन मन्त्रीको नाम, महरा उपप्रधान तथा परराष्ट्रमन्त्री, जनार्दन गृहमन्त्री

काठमाडौं, – नेकपा माओवादी केन्द्रले तीन मन्त्रीको नाम टुंगो लगाएको छ । आज बिहान बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो ।








