विवादले पाँच दिन देखि सिमाकंनको काम रोकियो

जाजरकोट । जाजरकोट जुम्ला सडक निर्माण गर्नका लागि थालिएको सिमाकंनको काम विवादले रोकिएको छ । सवैले पायक पर्ने ठाउँमा सडक लिनुपर्ने भन्दै विरोध गरेपछि सिमाकंनको काम नै रोकिएको छ ।
सदरमुकामवाट पाँचकाटिया हुँदै फुलचाउली वाट रामीडाडा लिएर छेडा लि
नका लागि कता वाट लिने भन्ने अन्यौलले गर्दा समस्या आएको हो । वारेकोट गाउँपालिका वडा ७ कोलचौर हुँदै लुगाधुने खोला नाथ , वडा ९ धौलाकोट हुँदै छेडा लिने र वडा नं २ कोटली हुँदै लेखीढुगा सिनेरी खेत हुँदै छेडा लिने भन्ने समुह विच कुरा नमिल्दा सडक निर्माणका लागि सिमाकंनको काम रोकिएको छ । पाँच दिन सम्म कुरा नमिल्दा सडकको नाप लिन गएका कर्मचारीहरु हैरान भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले वताए । पटक पटक छलफल हुन्छ तर निकास निक्लदैन थापाले भने । सवैका आ आफनै स्वार्थ भएका कारण काममा ढिलाई भईरहेको उनको भनाई छ । सवै वडामा सडकले छुने सडक निर्माण हुँनुपर्ने स्थानीयको माग छ ।
केही नेताहरुको आफ्नो स्वार्थका कारण कुरा नमिलाउदा समस्या भएको स्थानीयको आरोप छ । सरकारले वजेटको व्यवस्था गरेपनि स्थानीय राजनीतिक दलको खिचातानीले गर्दा पटक पटक विवादमा पदै आएको यो सडक यो पटक फेरी नाप्ना नै नदिएर अवरुद्ध भएको छ । पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतको चुनावी क्षेत्र समेत रहेको यो ठाउँमा वजेट वर्षेनी विनियोजन गरेपनि स्थानीय राजनीतिक दलको आ आफ्नै ढिपीका कारण काममा ढिला हुँदै आएको छ ।
अन्य जिल्लामा वजेट नहुँदा उद्यारो सडक खन्ने गर्दछन् भने जाजरकोटका आएको वजेट समेत सहि रुपमा प्रयोग गर्न नसक्दा वर्षेनी वजेट फिर्ता हुँने गर्दछ ।







