जाजरकोटमा स्वास्थ्य विमा लागु हुने , हाल सम्म त्रियासी हजार जनाको स्वास्थ्य विमा

राजेन्द्र कार्की जाजरकोट ।
सामाजिक स्वास्थ्य सुरक्षा स्वास्थ्य विमाका वारेमा कार्यक्रम सम्वन्धी जिल्ला स्थित पत्रकारहरुको लगि अभिमुखिकरण कार्यक्रम मंगलवार खलंगामा सम्पन्न भएको छ । कार्यक्रममा दिइएको जानकारी अनुशार
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सवैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रम जाजरकोटमा शूरु हुने भएको छ ।
नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्य अनुरुप राष्ट्रिय स्वास्थ्य विमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक बर्ष २०७२÷०७३ मा कैलाली जिल्लाबाट शूरु गरिएको स्वास्थ्य विमा चालु आव सम्म इलाम, बाग्लुग, म्याग्दी , काँस्की , पाल्पा , अछाम र बैतडी गरी आठ जिल्लामा यो कार्यक्रम संचालन भैसकेको छ भने जाजरकोट लगायतका ५ जिल्लामा असार १ गते देखी कार्यक्रम संचालन गरिने भएको छ । भदौ सम्म २५ जिल्लामा स्वास्थ्य विमा लागु हुने स्वास्थ्य मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।
पाँच जना सम्मको परिवारले बार्षिक दुई हजार पाँच सय रुपैया विमा बापत रकम तिनु पर्छ र सो बापत उक्त परिवारले पचास हजार सम्मको उपचार खर्चको सुविधा पाउने ब्यवस्था गरिएको छ । पाँच जना भन्दा बढी परिवार भएमा प्रति सदस्य दुई हजार पाँच सयमा थप चार सय पच्चिस रुपैया तिर्नु पर्ने ब्यवस्था गरिएको छ । तर अति गरीव र जोखिममा परेका परिवारको परिचयपत्रका आधारमा विमा रकममा ५० प्रतिशत देखी पुरै रकम छुट गर्न सकिने कार्यविधिमा उल्लेख छ । स्वास्थ्य विमा गराउनका लागी हरेक वडामा दर्ता सहयोगी राख्ने ब्यवस्था गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका जिल्ला प्रबन्धक हिमलाल ज्ञवालीले जानकारी दिनु भयो । स्वास्थ्य विमा कार्याक्रमले गरीव र विपन्न बर्गको उपचार सेवामा पहुँच पुग्ने विश्वास लिईएको छ उहाँले भन्नुभयो । हाल सम्म त्रियासी हजार जनाले स्वास्थ्य विमा गराएका छन् ।
अन्न पूर्ण पोष्ट वाट साभार ।




सम्बन्धित समाचार


error: Content is protected !!