राजा वीरेन्द्रको बंशनाश भएको आज १६ वर्ष पुरा, घटना अझै रहस्यमय

काठमाडौ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पुगेको छ ।
२०५८ जेठ १९ गते शुक्रबार भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । दरबार हत्याकाण्डमा परी राजा वीरेन्द्रसहित १० जनाको स्वर्गारोहण भएको थियो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्रले २०४६ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्वीकार गरेका थिए । राजा वीरेन्द्रको जन्म २००२ पुस १४ गते नारायणहिटी राजदरबारमा भएको थियो भने २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा परी स्वर्गारोहण भएको थियो । उहाँले २०२८ सालमा तत्कालीन राजा महेन्द्रको स्वर्गारोहणपछि राजगद्दी आरोहण गर्नुभएको थियो । दरबार हत्याकाण्ड कसले, कसरी र किन गरायो भन्ने विषय अझै गर्भमै लुकेको छ । हत्याकाण्डको बिषयमा थुप्रै टिकाटिप्पणी भए, पुस्तक छापिए, घटनाबारे बिभिन्न प्रतिबेदन बुझाइए पनि १६ बर्ष बितिसक्दा पनि यर्थाथता केहो भन्ने कुरा बाहिर आउन सकेको छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!