जाजरकोटका लागि २ अर्ब १७ करोड ६३ लाख ६ हजार वजेट विनियोजन

जाजरकोट ।
सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७४/७५ बजेटमा जाजरकोटका लागि २ अर्ब १७ करोड ६३ लाख बढी छुट्याएको छ । जिल्लाका ७ वटा स्थानीय तहमा गरि यसरी ठुलो मात्रामा बजेट छुट्याईको हो ।

छेडागाड नगरपालिकामा सबैभन्दा बढी छेडागाड नगरपालिका रु ४० करोड ९४लाख ७५ हजार रुपैया र सबैभन्दा कम शिवालय गाउँपालिका रु २१करोड ४७ लाख ३२ हजार बजेट बिनियोजन भएको छ ।
जसअनुसार आ. ब.२०७४र०७५ को बजेट अनुसार जाजरकोट जिल्लाका स्थानीय तहले पाउने अनुदान रकम ससर्त सहित ।
छेडागाड नगरपालिका रु ४० करोड ९४लाख ७५ हजार , नलगाड नगरपालिका रु ३३करोड ६५ लाख ६३हजार ,भेरी नगरपालिका रु ३८ करोड ९९लाख५७ हजार ,कुशे गाउँपालिका रु २७ करोड ९९लाख ५८ हजार ,जुनिचादे गाउपालिका रु २८ करोड २४ लाख३१ हजार , बारेकोट गाउँपालिका रु २६ करोड ३१ लाख ९० हजार , शिवालय गाउँपालिका रु २१ करोड ४७ लाख ३२ हजार । विनियोजन भएको हो ।
सरकारले पहिलोपटक स्थानीय तहमा ठुलो मात्रामा बजेट बिनियोजन गरेपछि स्थानीयहरु खुसिभएका छन ।
द्धन्द्ध तथा अन्य भौगोलिक समस्याका कारण पछि परेको जाजरकोटमा यसपटकको बजेटले विकास निर्माणको काममा तिब्रता आउने स्थानीयहरुको आशा रहेको छ । प्रदेश नम्बर ६ मा पर्ने जाजरकोटका ७ वटा स्थानीय तहमा निर्बाचन सम्पन्न भएर जनप्रतिनिधी निर्बाचित भएर स्थानीय तहको काममा अगाडि वढिरहेका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!