पारिश्रमिक नपाएको ६ नम्वर प्रदेशमा पत्रकारको गुनासो


सुर्खेत । ६ नम्वर प्रदेशका पत्रकारहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको वरावरको तलव नपाएको गुनासो गरेका छन् ।
सुर्खेतमा ६ नम्वर प्रदेशका पत्रकारहरुको उपस्थिमा भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको अन्तरक्रियामा सहभागी पत्रकारले यस्तो गुनासो गरेका हुँन् ।
सहभागी पत्रकारहरुले न्यूक्ती पत्र नलिएर काम गरेको , समयमा तलव नदिएको जस्ता गुनासो राखेका छन् । समितिका अध्यक्ष पोशन केसीले समयमा तलव पाउनु पर्ने र पेशामा गुणस्तर हुनुपर्ने वताउनुभयो ।
समानुपातिक रुपमा विज्ञापन सवैले पाउनुपर्ने लगाएतका माग सहभागी पत्रकारहरुले राखेका छन् ।







