सुलिगाड नाका बाट मात्रै ३२ लाख बराबर राजश्व संकलन्

रामचन्द्र न्यौपाने
डोल्पा ,यहाँको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतको सुलिगाड नाकाबाट मात्रै यस बर्ष ३१ लख ८९ हजार ६ सय राजश्व संकलन गरिएको छ ।
बिभिन्न जिल्लाहरुबाट यार्सागुम्बा संकलन गर्न आएका सर्बसाधारणहरुलाई संकलन ईजाजत पुर्जी बितरणबाट सो रकम उठेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
निकुञ्जका अनुसार यार्सागुम्बा संकलकहरुलाई क,ख र ग बर्ग गरेर तिन थरीको ईजाजत पुर्जीको ब्यबस्था गरिएको छ,जस अनुसार क बर्गको पुर्जीलाई पाँच सय, ख बर्गको पुर्जीलाई दुई हजार र ग बर्गको पुर्जीलाई तिन हजार राजश्व उठाईएको हो ।
निकुञ्जका अनुसार सुलिगाड नाका बाट मात्रै सो रकम उठेको हो ।अझै यार्सागुम्बा संकलनको लागि सर्वसाधारणहरु प्रवेश गर्ने त्रिपुराकोट,तोईजुम,डोल्फु,किम्री,धो लगाएतका १० वटा नाकाहरु बाट राजश्व आउन बाँकी रहेको जनाएको छ ।अवको १० दिन भित्रै सबै ठाँउबाट राजश्वको बिवरण आउने निकुञ्जले जनाएको छ ।
निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीको अनुसार आ.व ०७१÷७२ मा जम्मा २ करोड ९५ लाख ७७ हजार,गत आ.व ०७२÷७३ मा ९४ लाख ७८ हजार राजश्व संकलन भएको थियो ।यस बर्ष पनि आ.व ०७२÷७३ कै हाराहारीमा राजश्व संकलनहुने अनुमान गरिएको छ चौधरीले भन्नुभयो ।
उहाँका अनुसार गत बर्ष मात्रै निकुञ्ज कार्यालयबाट मात्रै १ सय ४१ किलो यार्सागुम्बा छुट पुर्जी बितरण गरिएको थियो ।
“अघिल्लो बर्ष निकुञ्जको नाकाहरुबाट मात्रै यार्सागुम्बा संकलनको लागि छ हजार धेरै सर्वसाधारणहरुले पाटन गरेका थिए,यसपाली पनि गत बर्षकै हाराहारीमा सर्वसाधारणहरु हिमाली पाटन प्रवेश गर्ने अनुमान गरिएको छ” संरक्षण अधिकृत चौधरीले भन्नुभयो ।










