विद्यार्थीको पढाई सर्पान प्रहरीले सहयोग गर्ने

जाजरकोट । यहाँको जिल्ला शिक्षा कार्यालयले विद्यार्थीहरुको पढाई सर्पान प्रहरीको सहयोग मागेको छ । जेठ देखि असार सम्म डोल्पामा पाईने यार्सागुम्वा संकलन गर्न विद्यार्थीहरु त्यसतर्फ घरवाट भागेर जाँने भन्दै प्रहरीको साहारा लिन लागिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो ।
घरवाट आमा,वावालाई समेत छलेर विद्यार्थीहरु भारत र डोल्पा जाने गरेका कारण विद्यार्थी रोक्न जिल्ला शिक्षा कार्यालय ले यो अभियान चालेको जिशिअ सिंहले वताउनुभयो । जिल्लाका प्रत्यक प्रहरी यूनिटलाई वालवालिका रोक्न जिल्ला प्रहरी कार्यालयले निर्देशन दिई सकेको छ । यार्सागुम्वा, भारत लगाएतका ठाउँमा विद्यालयमा पढाई हुँने समय भरी विद्यार्थीहरु जाँने एकै पटक विद्यालयमा परिक्षाामा मात्र सहभागि हुँने सिकाई उपलव्धि कम भएपछि कार्यालयले यस्तो अभियान सञ्चालन गरेको हो । विद्यार्थीको कक्षा उतिर्ण दर मात्र वढी हुँने तर सिकाई उपलव्धि कम भएपछि समस्य देखिएको भन्दै जिल्ला शिक्षा कार्यालयले यस्तो अभियान सञ्चालन गरेको हो । विद्यालयमा मधिरा सेवन गर्ने , नियमित विद्यालयमा उपस्थित नहुँने शिक्षकको निगरानी समेत जिल्ला शिक्षा कार्यालयले गरिरहेको कार्यालयले वताएको छ ।
त्यस्तै जिल्लाका दर्जन विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरिने अभियान जिल्ला शिक्षा कार्यालय लागेको छ । जिल्लाका सवै विद्यालयको समस्य समाधानका लागि यहाँका संघ,संस्था ,सरोकारवाला निकायले सहयो गर्ने वताएका छन् ।







