विद्यालयवाट घर फर्कदैँ गर्दा लडेर मृत्यू

जाजरकोट । विद्यालयवाट घर फर्कदै गर्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका वडा नं ४ का वर्षीय ३९ का मानवहादुर वलीको मृत्यू भएको छ ।
शुक्रवार वेलुका भानुभक्त उच्च मावि लहँवाट घर फर्कने क्रम्म लडेर घाईते भएका वली शनिवार विहान सम्म लडेरको आफन्तले थाह नपाउँदा घटना स्थलमै उपचारको अभावमा मृत्यू भएको अनुमान लगाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको प्रहरी प्रमूख भावेश रिमालले जानकारी दिनुभयो । जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले दुखद मृत्युको खबरले मर्महात भएको वताउदैँ मृत्तात्माको चीरशान्तीको कामना, शोक सन्तप्त परिवार जनमा सम्बेदना व्यक्त गर्नुभएको छ ।
त्यस्तै त्रिवेणी नलगाड नगरपालिका का मेयर टेकवहादुर रावलले मृतआत्माको चीर शान्तिको कामना व्यक्त गदै शोक सन्तप्त परवारजनमा सम्वदना व्यक्त गर्नुभएको छ । उहाँको मृत्यूले यस क्षेत्रको उन्नती ,प्रगतीमा वाधा उत्पन्न भएको समेत उल्लेख गर्नुभयो ।







