श्रीमती नगर उपप्रमुख श्रीमान् वडाध्यक्ष

मनीष खड्का, रुकुम   ,मुसिकोट नगरपालिकाको उपप्रमुखमा प्रेमकुमारी सुनार केसी विजयी भएकी छिन् भने नगरको १० नम्बर वडाको अध्यक्षमा गोपेश्वर केसी विजयी भए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीहरू श्रीमान्–श्रीमती हुन् ।

प्रेमकुमारी कांग्रेसकी उपप्रमुख उम्मेदवार बालकुमारी गिरीलाई पराजित गर्दै नगर उपप्रमुखमा विजयी भएकी हुन् भने गोपेश्वरले एमालेका कलसिङ सुनारलाई जितेका हुन् ।

प्रेमकुमारीले कांग्रेसकी बालकुमारी गिरीलाई ३ सय २१ मतले पराजित गरेकी हुन् । केसीको ४ हजार ४ सय ७९ मत आएको छ भने गिरीको ४ हजार १ सय ५८ मत आएको छ ।

यस्तै गोपेश्वर केसीको ३ सय १५ मत आएको छ भने कलसिङको १ सय ४१ मत आएको छ । माओवादी केन्द्रको मुसिकोट नगर समितिले प्रेमकुमारी सुनार केसीलाई सर्वसम्मत उपप्रमुखको उम्मेदवारी बनाउने निर्णय गरेको थियो भने गोपेश्वरलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भने मनोनयन दर्ताकै दिन भएको थियो । गोपेश्वर माओवादी केन्द्रको मुसिकोट नगरपालिका अध्यक्ष हुन् भने प्रेमकुमारी राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।





error: Content is protected !!