कुशेगाउँपालिकामा नेका उम्मेदवार विजयी

जाजरकोट  । जाजरकोटको कुशे गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार हरिचन्द्र वस्नेतले २५०८ र उपाध्यक्षमा रामछाया शाहीले २३७८ भोट ल्याएर विजय हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका तत्तवहादुर हमालले २०४४ र उपाध्यक्ष का गंगा आर सीले १९८८ भोट ल्याउनुभएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जनकराज शर्माले १८१५ र अम्विका वस्नेतले १४३१ भोट ल्याउनुभएको निर्वाचन कार्यालयले वताएको छ । त्यस्तै वडा नं १ मा नेकपा एमालेका गोपाल नेपालीको पुरै प्यानल विजयी भएको छ । वडा नं २ मा एमालकै जनक शाहीको प्यानल पुरै विजय भएको छ । वडा नं ३ मा नेपाली कांगेसका टेकवहादुर हमाल प्यानल विजय भएका छ । त्यस्तै कृती वहादुर शाही वडा नं ४ वाट नेकपा एमालेको तर्फवाट पुरै प्यानल विजयी भएका छन् । वडा नं ५ मा लक्ष्मी सिंह सहित पुरै कांग्रेसको प्यानल विजय भएको छ । त्यस्तै गरि वडा नं ६ मा माओवादी केन्द्रका अमर शाहीको प्यानल विजय भएको छ ।

वडा नं ७ मा नेपाली कांग्रेसकै रामवहादुर शाहीको पुरै प्यानल विजय भएको छ । वडा नं ८ मा नेपाली कांग्रेसका अमर रोकायको प्यानल विजय भएको छ । त्यस्तै नेपाली कांग्रेसकै वडा ९ मा देविका सिंहको प्नानल विजय भएको निर्वाचन कार्यालयले वताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!