जाजरकोटमा एमालेको चुनावी सभामा कांग्रेसको आक्रमण

जाजरकोट । यहाँको कुशेगाउँपालिका वडा १ काफलवाटा स्थित नेकपा एमालेले गरेको चुनावी सभामा आक्रमण भएको छ । नेपाली काग्रेसका कार्यक्रताद्धारा एमालेको चुनावी सभामा आक्रमण भएको एमालेले आरोप लगाएको छ ।
सभामा एमालेका कार्यक्रताले चुनावी घोषणा पत्र वढीरहेको वेला कांग्रेसका प्रितिवहादुर शाहीको नेतृत्वमा आएको नेपाली कांग्रेसका कार्यक्रताले आक्रमण गरि नेकपा एमालेका तीन जना कार्यक्रताहरु घाईते भएको एमालेका प्रमोद विश्वकर्माले वताए । विश्वकर्माका अनुसार शेरवहादुर सिंहलाई चक्कु प्रहार गरि घाईते वनाएको छ भने ढुङगा प्रहारवाट भीमवहादुर चलाउने वाँया हात, सन्दिप विकको दाँया खुट्टामा चोट लागेको छ ।
अहिले औपचारिक कार्यक्रम स्थगित भएको विश्वकर्माले वताए । घटना स्थलमा प्रहरी परिचालन गरिएको डिएस्पी भावेश रिमालले वताउनुभयो ।





error: Content is protected !!