मधेसकेन्द्रित एमाले अभियान कति सफल, कति असफल विश्लेषकहरु भन्छन्न , तिजा आगामी चुनावले देखाउँछ

देविका घर्तीमगर
काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुन २१ गते सुदूरपूर्वी जिल्ला झापाको काँकडभिट्टाबाट सुरु गरेको मेची(महाकाली राष्ट्रिय अभियान मध्यपश्चिम पुगेको छ। फागुन ५ गते सुर्खेतमा आएर समापन गरिने अभियानका मुख्यतस् तीन उद्देश्य छन्। जसमध्ये पहिलो संविधान कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्ने, दोस्रो राष्ट्रियता प्रबर्द्धन गर्ने र तेस्रो मधेसमा एमालेको जनाधार रहेको देखाउने उद्देश्य मुख्य हुन्। अभियानको तेस्रो दिन फागुन २३ गते सप्तरीको राजविराजमा अप्रिय घटना भयो। एमाले सभा सकिएपछि फर्किने क्रममा रहेका नेतालाई अवरोध गर्न खोजेको भन्दै प्रहरीले गोली चलाउँदा ४ जनाले ज्यान गुमाए। त्यसपछि ३ दिनका लागि स्थगित भएको अभियान हेटौँडाबाट पुन सुचारु भयो। दुई नम्बर प्रदेशबाहेक अन्यत्र आयोजित एमाले सभाहरु सफलतापूर्वक नै सम्पन्न भइरहेका छन्। एमालेले पार्टीका वरिष्ठ नेताहरुले भूमिगत जीवन बिताएको ठाउँ मधेसमा अझै पनि जनाधार छ भन्ने देखाउन र त्यहाँ फैलाइएका भ्रम चिर्न भन्दै चलाएको अभियान कति सफल भयो त रु अभियान अन्तिम चरणमा आइपुग्दा यसको समिक्षा गर्ने बेला भएको छ। नेताहरुले अभियान सफल भएको र एमालेको जनलहर देखेर विरोधीहरु डराएको बताइरहँदा अभियानले उनीहरुले भनेजस्तै प्रभाव छाड्न सफल भयो त रु हामीले केही विश्लेषकहरुसँग प्रतिक्रिया लिएका छौँ। थाहा खबरसँगको कुराकानीमा विश्लेषकहरुले २ नम्बर प्रदेशबाहेक अन्यत्र आयोजित सभा उत्साहजनक नै देखिए पनि त्यसको नतिजा भने आगामी निर्वाचनपछि नै देखिने बताए। यसले एमाले कार्यकर्तामा भने उत्साह थपेको उनीहरुको बुझाइ छ। ध्रुवीकरण बढायो

पोखरेल विश्लेषक कृष्ण पोखरेल २ नम्बर प्रदेशबाहेक अन्य क्षेत्रमा एमाले अभियान सहभागिताका हिसाबले सफल रहेको बताउँछन्। एमालेले आसन्न निर्वाचनका लागि राम्रो प्रचार(प्रसार गर्न सफल भएको भन्दै उनले यसको परिणाम भने निर्वाचनले नै देखाउने तर्क गरे। सप्तरीमा एमाले बल गरेर पसे पनि २ नम्बरको अन्य क्षेत्रमा अभियान नजाँदासम्म तात्विक रिजल्ट नदिने उनको भनाइ छ। ुपूर्वको सुनसरीसम्म र पश्‍चिमको अभियान राम्रो देखियो, सहभागिता पनि राम्रो देखिएको छ। तर अभियान २ नम्बर प्रदेशमा नै बढी केन्द्रित भएकाले त्यहाँ सुखद रहेन,ु उनले भने, ुअन्यत्र त्यति धेरै भ्रम थिएनन्। एक हिसाबले यसले राजनीतिक ध्रुवीकरण बढाएको छ। अभियानले जातीय, राजनीतिक, धार्मिक ध्रुवीकरण घटाउने कुरामा भूमिका खेल्नुपर्छ।ु एमालेको दाबी आफ्नो ठाउँमा रहे पनि २ नम्बर प्रदेशमा रहेको भ्रम चिर्न भने असफल भएको उनको जिकिर छ। कार्यकर्ता उत्साहित स् केसी एमालेले मधेसकेन्द्रित अभियान सञ्चालन गरेर कार्यकर्तामा भने उत्साह थपेको विश्लेषक डा। खड्ग केसी बताउँछन्। २ नम्बर प्रदेशमा दुस्खद् घटना भए पनि अन्य क्षेत्रको एमाले कार्यक्रम समग्रमा सकारात्मक नै रहेको उनको बुझाइ छ।

ुराजनीति ए स्क्वायर, बी स्क्वायरजस्तो हुँदैन। समग्रमा अभियान उत्साहबर्द्धक नै देखियो,ु केसीले भने। यसले एमालेका विषयमा रहेको भ्रम चिर्न सफल भएको उनको दाबी छ। ुतराईमा एमालेविरुद्ध धेरै भ्रमहरु थिए। जस्तो कि तराइमा एमालेको जनाधार छैन भन्‍ने कुरा, ती कुराहरु केही हदसम्म यो अभियानले चिर्न सफल भएका छन्। १००५ त केही पनि हुँदैन तर पनि यो अभियान समग्रमा सकारात्मक नै देखिन्छ।ु भिडले मात्र केही हुँदैन स् बराल अर्का विश्लेषक लोकराज बराल समग्रमा अभियान ठीकै देखिए पनि अहिले नै सफल वा असफल भन्‍न नमिल्ने बताउँछन्। एमालेले चुनावी प्रचार भने राम्रैसँग गरेको उनको बुझाइ छ। यद्यपी त्यहाँ भिड देखिएकै भरमा यसको प्रभाव यही नै भयो भन्न नसकिने उनले बताए। ुअहिले नै भन्‍न सकिँदैन। ठूलो भिडले मात्र गर्ने खास केही होइन,ु बरालले भने, ुआफ्नो पार्टीको प्रचारका लागि चुनावको दृष्टिकोणले राजनीतिक पार्टीले गर्ने कुरा ठीकै हो, त्यसको प्रभावका लागि मधेस पस्‍नुपर्छ। उहाँहरु अहिले बाटोबाट माथितिर गर्दै हुनुहुन्छ।

अहिले नै यसको प्रभाव पर्छ भन्‍न सकिँदैन। कहिलेकाहीँ देखिने कुरा र यथार्थ फरक पनि हुनसक्ने भन्दै उनले समग्रमा अभियान राम्रै रहेको बताए । बाहिर देख्दा र भित्री कुरा फरक हुन्छ। कहिलेकाहीँ वास्तविकता अर्कै हुन्छ। समग्रमा उहाँहरुको अभियान राम्रैसँग गइरहेको छ। यसलाई असफल भने भन्‍न मिल्दैन।





error: Content is protected !!