त्रिवेणी नलगाड नगरपालिकाको अध्यक्षमा रावल

जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाको अध्यक्षमा अध्यक्ष मा टेकवहादुर रावल निर्वार्चित हुनुभएको छ । जसको उपाध्यक्ष डम्बरबहादुर रावत, सचिवमा प्रताव जैसी , कोषाध्यक्ष वुद्धी गुरुग , सहसचिव राममाया हमाल सहित ५३ सदस्यिय नगरकमिटि निर्वाचित गरियो । कार्यक्रममा वोल्दै जिल्ला ईन्चार्ज तथा पोलिटव्यूरो सदस्य गणेसप्रसाद सिंहले देश माओवादीको एजेण्डामा चलेकोले अहिले सम्मको उपलव्धिको रक्षा गदै पाटीलाई पहिलो दल वनाउनु पर्ने वताउनुभयो । त्यस्तै अर्का स्थायी समिति सदस्य कालीवहादुर मल्ल ले अव माओवादीलाई पहिलो दल वनाए मात्र यो संविधान संस्थागत हुँने वताउनुभयो ।










