उप–राष्ट्रपतिको स्वकीय सचिवालय प्रेस नोट

जाजरकोटको भेरीमालिका नगरपालिका वडा नं। ४ पासागाडमा बिहिबार दिउँसो ना ३ ख २२७९ नं।को यात्रुबहाक बस दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको सडक दुर्घटनाप्रति सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ज्यूले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले जाजरकोटमा सडक दुर्घटनामा परी ज्यान गुमाउनुभएकाहरुप्रति श्रद्धाञ्जी व्यक्त गर्दै दुर्घटनामा परी ज्यान गुमाउनुभएकाहरुका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । साथै सम्माननीय उपराष्ट्रपतिज्यूले दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुहुँदै उहाँहरुको प्रभावकारी रुपमा उपचारका लागि सरकारको ध्यानार्षण गराउनु भएको छ ।
देशका विभिन्न भागमा बढ्दो सडक दुर्घटना र सडक दुर्घटनाबाट भईरहेको मानवीय क्षतिप्रति सम्माननीय उपराष्ट्रपतिज्यूले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरण गर्न र मानवीय क्षति रोक्न सबै पक्षको ध्यानाकर्षणसमेत गराउनु भएको छ ।
२७ फागुन २०७३
मनोज घर्तीमगर
प्रेस संयोजक










